बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

हेमजा युनाइटेडले दियो न्यानो कपडा

हेमजा युनाइटेडले दियो न्यानो कपडा


  • ढोरपाटन संवाददाता
  • पुष २ २०८२, बुधबार

पोखरा/हेमजा युनाइटेड पोखरा–२५, हेमजाले सोमबार न्यानो कपडा तथा स्टेशनरी वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

युनाइटेडले वार्षिक क्यालेन्डर अनुसार पोखरा–२५ हेमजा देवीस्थान स्थित गौरीशंकर आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको लागी कापी कलमलगायतका स्टेशनरी सामग्री र न्यानो कपडा,स्विटर, टोपी वितरण गरेको हो । विद्यालयका ४२ जना विद्यार्थीलाई सामग्री हस्तान्तरण गरिएको क्लवका कोषाध्यक्ष एवं कार्यक्रम संयोजक निराजन अधिकारीले जानकारी दिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तमान श्रेष्ठले विद्यालयको अवस्था, आवश्यकता बारे जानकारी दिनुका साथै सहयोगको पूर्ण सदुपयोग गर्ने र गुणस्तर शिक्षा प्रदानमा विद्यालय प्रतिबद्ध रहेको भनाई राख्नुका साथै हेमजा यूनाइटेड खेलकुद सँगै सामाजिक गतिविधिमा पनि सक्रिय रूपमा लागेको थप उल्लेख गर्दै कार्यक्रमकाबीच क्लबले गरेको सामाजिक कामको प्रशंसा गरे ।

युनाइटेडका अध्यक्ष कृष्णमान श्रेष्ठले वार्षिक क्यालेन्डर अनुसार खेलकुद सँगै मासिक रूपमा सामाजिक हितका लागि विभिन्न कार्य गर्दै आइरहेको र स्व अनुरूप स्टेशनरी सामग्री र मौसम अनुकूल न्यानो कपडा वितरण गरिएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->