बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

आरुचौर एकता समाजको अध्यक्षमा प्रताप राज पौडेल

आरुचौर एकता समाजको अध्यक्षमा प्रताप राज पौडेल


  • ढोरपाटन संवाददाता
  • पुष ६ २०८२, आइतबार

पोखरा / पोखरा महानगरपालिका वडा नं. ८ न्युरोडमा कार्यालय रहेको स्याङ्जा आरुचौर एकता समाज पोखराको अध्यक्षमा प्रतापराज पौडेल निर्वाचित भएका छन् । शनिबार भएको ७ औं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले पौडेलको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चुनेको हो ।

समाजको कार्यसमिति समिति वरिष्ठ उपाध्यक्षमा टिकाराम ढुङ्गाना, उपाध्यक्ष कमल प्रसाद लामिछाने ,सचिव अर्जुन सापकोटा (रुद्र), कोषाध्यक्ष सावित्रा सिग्देल छन् । भने सदस्यमा राम प्रसाद पोख्रेल,महेश पौडेल,सन्तोष बगाले,आविस्कार क्षेत्री ,गोविन्द खनाल र डिलमाया क्षेत्री सर्वसम्मत चुनिएका छन् ।। अधिवक्ता खगेन्द्र घिमिरेको संयोजकत्वमा रहेको निर्वाचन समितिमा खरिलाल पौडेल र गोविन्द प्रसाद सापकोटा सदस्यरहेका थिए । उक्त निर्वाचन समितिले नयाँ कार्यसमिति निर्वाचित गराउन सहजीकरण गरेको थियोे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->