आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

नवौं दीप साँझको तयारी तिब्र

नवौं दीप साँझको तयारी तिब्र


  • ढोरपाटन संवाददाता
  • पुष ८ २०८२, मंगलबार

पोखरा/सांगीतिक कार्यक्रमको तयारी तिब्र पारिएको छ । सांगीतिक क्षेत्रको प्रबद्र्धन गर्दै पोखरा १६ सेती मार्गमा पार्कमा आवश्यक संरचना थप गर्नका लागि साँझको आयोजना गर्न लागिएको हो ।

क्लबका उपाध्यक्ष अर्जुन (रोसन) गुरुङले क्लबले सामाजिकसंगै खेलकुद र मनोरञ्जनको क्षेत्रमा विभिन्न कार्यहर गर्दै आइरहेको बताए । क्लबको हाताभित्र रहेको पार्कमा विभिन्न संरचना आवश्यक रहेको र ति संरचना निर्माणका लागि आर्थिक सहयोग जुटाउनका लागि सांगीतिक कार्यक्रमको आयोजना गर्न लागेको सुनाए ।

‘क्लबले आफ्नै स्वामित्वमा रहेको दिप युनाइटेड पार्क निर्माण गरेका छौं । हामी यसलाई अझ आकर्षक बनाउने र सुविधान सम्पन्न बनाउने हाम्रो योजना हो त्यसैले दीप साँझको आयोजना गरेका हौं,’ उनले भने ।

कार्यक्रमबाट आम्दानी भएको रकमले क्लबले वार्षिक रुपमा गर्दै आइरहेका विभिन्न सामाजिक कार्यहरुमा समेत खर्च गरिनेछ । कार्यक्रममा त्रिसरा गुरुङ, जोन्स दि लोकल्स, दि सिक्टीन वर्डसको प्रस्तुति रहनेछ । कार्यक्रमको प्रवेश शुल्क भिआइपीतर्फ तीन हजार रुपैयाँ रहेको छ । यस्तै अन्य टिकट शुल्क एक हजार र दुइ हजार रुपैयाँ रहेको छ ।

कार्यक्रम आयोजना गर्न २६ लाख ७५ हजार रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->