आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

अमरभूमीमा निशुल्क स्वास्थ्य शिविर

अमरभूमीमा निशुल्क स्वास्थ्य शिविर


  • ढाेरपाटन संवाददाता
  • पुष ८ २०८२, मंगलबार

बागलुङ / जिल्लाको ताराखोला गाउँपालिका-१ अमरभूमीमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बागलुङ समाज पोखराको आयोजना तथा गण्डकी मेडिकल कलेजको प्राबिधिक सहयोग र ताराखोला-१ अमरभुमिको सहकार्यमा सञ्चालिन मुटु र महिला रोगसम्बन्धी शिविरमा १५९ जनाले सेवा लिए ।

शिविरमा वडा कार्यालयको तर्फबाट वडाध्यक्ष याम बहादुर श्रीस, वडा सदस्य गौरी माया गुरुङ, जनप्रेम माबिका प्रधानाध्यापक नइन्द्र बहादुर गुरुङ, चक्र बहादुर गुरुङले विशेष व्यवस्थापनमा सहयोग गरेका थिए । यसैगरी ताराखोलाका स्वास्थ्य प्रमुख उदित थापा, जनस्वास्थ्य इकाइ माझखर्क, जनस्वास्थ्य इकाइ भुस्कातका स्वास्थ्यकर्मीऽ स्वयंमसेबिका ,आमा समूह, कार्यसमितिका सदस्यहरुले पनि शिविरलाई सहयोग गरेका थिए ।

शिविरमा औषधी व्यवस्थापन कार्यसमिति कोषाध्यक्ष बालकृष्ण सापकोटाले गरेका समाजका अध्यक्ष ठाकुरप्रसाद सापकोटाले बताए । अमरभूमी स्वास्थ्य इकाइ,भुस्कातमा शिविरको आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->