पोखरा/पोखरा २९ मा रहेको पुलचोक बगादी विरौटा टोल विकास संस्थाको बुधवार भएको ११ औं वार्षिक साधारणसभा तथा पाचौंअधिवेशनले आगामी कार्यकालका लागि बलबहादुर विकको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा बबिता सुनार,सचिवमा सन्तोष सुर्खाली,कोषाध्यक्षमा एलिजा सुनार, सह–कोषाध्यक्षमा निरुदेवी सुनार,सहसचिवमा धनकुमारी बराइली चयन भएकी छन् ।
समितिको सदस्यमा रामबहादुर हमाल,बालकृष्ण आचार्य,कलावती अधिकारी, बिनु खत्री ,राममाया सुनार,आशा सुनार ,विरेन्द्र हमाल, योगराज पौडेल रहेका छन् भने एक सदस्य पछि थप गरिने निर्वाचन संयोजक झविन्द्रराज आचार्यले जानकारी दिए ।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका सभासद भीम कार्कीले देश परिवर्तनको सुरुवात टोल÷टोलबाट भएको इतिहास कोट्याउदै आफनो गाँउ घरको विकासका लागि स्वयम स्थानियवासी नै सक्रिय भएर सामुहिक भावनाले अगाडी बढ्नुपर्ने सुझाव राखेका थिए ।
सोही अवसरमापोखरा महानगरपालिका वडा नं २९ का वडाअध्यक्ष श्रीप्रसाद गुरुङ,वडा सदस्य सुकमाया सुनार,सामुदायिक सेवा केन्द्र लेखनाथकी अध्यक्ष गंगा खनाल, संस्थाका सल्लाहकार झपेन्द्रराज आचार्य, पूर्वअध्यक्ष ईश्वरबहादुर बिक,वगादी विरौटा आमा समूहकी कोषाध्यक्ष ओमकुमारी मगर, नमुना टोल विकास सस्थाका उपाध्यक्ष प्रविण बिक, बागलुङ जिल्ला समन्वय समितिकी सदस्य कौशिला विश्वकर्मा र परिवर्तनशिल विश्वकर्मा समाजका अध्यक्ष जमानशिह विश्वकर्मालगायतले मन्तव्य राखेका थिए ।





