बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

जनप्रकाशमा परिवार नियोजनको अभियान

जनप्रकाशमा परिवार नियोजनको अभियान


  • ढोरपाटन संवाददाता
  • पुष १८ २०८२, शुक्रबार

पोखरा/ नेपाल परिवार नियोजन संघ कास्की शाखाले यौंन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान जारी राखेको छ ।  २४ वटा विद्यालय तथा कलेजमा अभियान संचालन गर्ने लक्ष्य सहित सुरु गरिएको अभियान १२ वटा विद्यालय तथा क्याम्पसमा पुगेको सभापति नवीन सिग्देलले जनाएका छन् ।

पछिल्लो समय पोखरा महानगरपालिका वडा नं २९ भण्डारढिकस्थित जनप्रकाश माविमा अभियान संचालन गरिएको छ । कार्यक्रम शुभारम्भ गर्दै पोखरा महानगरपालिका वडा नं २९ का वडा अध्यक्ष श्रीप्रसाद गुरुङले अभियानले स्वास्थ्य र शिक्षा दुवै विषय समेटेको उल्लेख गरे । कार्यक्रममा जनप्रकाश माविका प्रधानाध्यापक शेखरनाथ शर्माले संघले विद्यालयमा अभियान संचालन गरेकोमा खुशी व्यक्त गरे ।

कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्कीका कोषाध्यक्ष विष्णु प्रसाद दाहाल, बरिष्ठ शाखा प्रवन्धक नवराज तिवारी र कर्मचारी सुरज चौधरीले सहजिकरण गरेका थिए । नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रम बरिष्ठ शाखा प्रवन्धक नवराज तिवारीले संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->