आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

रंङ्गवैकटेश मुक्तिनारायण मन्दिर व्यवस्थापन अध्यक्षमा प्रपन्नाचार्य

रंङ्गवैकटेश मुक्तिनारायण मन्दिर व्यवस्थापन अध्यक्षमा प्रपन्नाचार्य


  • ढोरपाटन संवाददाता
  • पुष २५ २०८२, शुक्रबार

बागलुङ/रंङ्गवैकटेश मुक्तिनारायण मन्दिर तथा शालग्राम संग्राहालय व्यवस्थापन समितिको अध्यक्षमा स्वामी ऋषि प्रपन्नाचार्य सर्वसम्मतरुमा निर्वाचित भएका छन् । बागलुङ नगरपालिका–४ कुँडुलेस्थित मन्दिर व्यवस्थापन समितिको २० औं साधारण सभा तथा १० औं अधिवेशनले प्रपन्नाचार्यको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा हरिप्रसाद उपाध्याय, सचिवमा रामकृष्ण सापकोटा र कोषाध्यक्षमा विदुर प्रसाद शर्मा पौडेल, सदस्यहरुमा रामप्रसाद शर्मा, ओमनाथ सापकोटा, इन्द्र श्रेष्ठ, हिमलाल आचार्य, धरणिधर सापकोटा, टीकाराम सापकोटा र गोविन्द पौडेल रहको छन् ।

कार्यक्रमको उद्घाटन गर्दै मन्दिरका सहयोगदाता तथा समाजसेवी सहदेव राजभण्डारीले धार्मिक तथा पर्यटकिय क्षेत्रको विकासका लागि यस मन्दिरले महत्वपूर्ण योगदान पु¥याएको बताए । कार्यक्रममा बागलुङ उद्योग वाणिज्य सघंका अध्यक्ष युवराज राजभण्डारी, पञ्चकोट विकास परिषदका सचिव नारायण प्रसाद आचार्य, वडा नं. ४ का वडा सदस्य अर्जुन सापकोटा, कुँडुले मावि व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद आचार्य र पत्रकार कोपिला कँडेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा मन्दिर व्यवस्थापन समितिका सचिव रामकृष्ण सापकोटाले प्रगति र कोषाध्यक्ष विदुरप्रसाद शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । यस वर्षको आम्दानी १ करोड २२ लाख र खर्चतर्फ ७१ लाख ९९ सय हजार रहेको सचिव सापकोटाले जानकारी दिए । संस्थाको वचत २ करोड ७ लाख ४३ हजार रहेको आर्थिक प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रम श्री रंङ्गवैकटेश मुक्तिनारायण मन्दिर तथा शालग्राम संग्राहालयका अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यको अध्यक्षता, संस्कृत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद शर्माको स्वागत र उपाध्यक्ष हरिप्रसाद उपाध्यायको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->