आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बागलुङ नगरपालिकाको १८ औ नगर सभा शुरु

बागलुङ नगरपालिकाको १८ औ नगर सभा शुरु


  • ढोरपाटन संवाददाता
  • पुष २६ २०८२, शनिबार

बागलुङ/बागलुङ नगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा २९ करोड ४० लाख बढीको बित्तिय प्रगति गरेको छ । बागलुङ नगरपालिका नगरसभाको १८ औ अधिवेसनमा नगर उपप्रमुख राजु खड्काले आर्थिक बर्ष २०८२/०८३ को पौष २१ गतेसम्म २९ करोड ४० लाख ९८ हजार ८ सय ११ रुपैया खर्च अर्थात् २२ दशमलव ४५ प्रतिसत वित्तिय प्रगति गरेको जानकारी गराए ।

उपप्रमुख खड्काका अनुसार, चालु आर्थिक बर्षको यो अवधिमा चालु खर्चतर्फ ८४ करोड, ४१ लाख ७ हजार ८ सय ३० रुपैयाँ विनियोजन स्विकृत गरिएकोमा पौष २१ गतेसम्म २२ करोड, ९५ लाख ३६ हजार ९ सय ८९ रुपैया खर्च भएको छ । पुँजीगत खर्च शिर्षकअन्तर्गत ४४ करोड, २३ लाख ५२ हजार २ सय ४० रुपैया विनियोजन गरिएकोमा पौष २१ गतेसम्म ६ करोड, ४५ लाख ६१ हजार ८ सय २२ रुपैया खर्च भएको छ ।

वित्तिय व्यवस्था शिर्षकअन्तर्गत २ करोड, ३० लाख ९८ हजार विनियोजन गरिएकोमा हालसम्म खर्च नभएको उनले बताए ।

नगरसभामा नगर प्रमुख बसन्तकुमार श्रेष्ठले निर्वाचित भएर आएको आफ्नो टिमले गरेका उपलव्धीको समीक्षात्मक प्रस्तुती राखेका थिए । उनले नगरपालिकाले गरेका नीतिगत उपलव्धी, भौतिक उपलव्धी, सामाजिक उपलव्धी, आर्थिक उपलव्धीसहित चालु आर्थिक वर्षका गरेका १९ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

उनले नगरपालिकाले अगाडि सारेका नीति तथा योजना र कार्यक्रमलाई सफल पार्न सबैको सहयोग र सहकार्य आवश्य रहेको बताए । नगरसभाको १७ औ अधिवेसनबाट पारित तथा स्विकृत भएका नीति तथा कार्यक्रम कार्यान्व्यनमा नगरपालिका लागि परेको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->