बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नेपाली राजनीतिले जन्माउन नसकेको राष्ट्रियता

नेपाली राजनीतिले जन्माउन नसकेको राष्ट्रियता


  • अर्जुन जंग रायमाझी
  • पुष २७ २०८२, आइतबार

राज्य एउटा राजनैतिक संस्था हो जसले राज्य सञ्चालनका लागि नीतिको पालना गरी सरकारको मातहतमा वा माध्यमबाट निश्चित भौगोलिक सिमाना भित्रको परिचय, कानुन, जनसंख्या, सार्वभौमसत्ता आदि चिनिने तत्व नै राष्ट्रियता हो । राज्य बन्न राज्यका आधार स्तम्भहरु जनसंख्या, क्षेत्रफल, सरकार र सार्वभौमसत्ता बिना राज्यको परिकल्पना पनि गर्न सकिदैन । राज्यको पहिचान यसको आधारस्तम्भसंग गाँसिएको हुन्छ । यी राज्य आफ्नो नागरिकहरूको अधिकार, जिम्मेवारी, कर्तव्य तथा समानता कायम राख्नु नै राज्य सञ्चालनमा राजनीतिक संस्थाको भूमिका रुपमा रहेको हुन्छ । त्यसैले राज्य सञ्चालनमा राजनीतिक संरचनाद्वारा निर्माण गरिने नीति, ऐन, शक्ति, सरकार र श्रोत साधनको बाँडफाँड गराउने अंगको रुपमा मानिन्छ । यसलाई हेर्दा राजनैतिक पृष्ठभूमि, राष्ट्रियता तुलना गर्ने हो भने विगतका राजनैतिक नीति, राजनीतिज्ञ व्यवस्थाको अध्ययन गर्दा, सुन्दा, सम्झदा हामीभित्र राष्ट्रियता, राष्ट्र, पहिचान, योगदान, नैतिकता, वीरता गर्वले छाती फुलेर आउँछ । सगरमाथाको जस्तो शिर ठाडो भएको महशुस हुन्छ । रगत–रगतमा वीरताको रगत बगेको अनुभूति हुने गर्दछ । संसारमा यी भन्दा ठुलो केहि छैन जहाँ जन्मभूमि, जन्मदिने आमा स्वर्गभन्दा ठुलो, प्राणभन्दा ठुलो र महत्व हुन्छ भने काम, विचार, भावना, राष्ट्रियताको सुगन्धसंग जोडिएको हुन्छ । राष्ट्रियताभन्दा ठुलो एक नागरिकको लागि ठुलो अर्को कुनै हुन् सक्दैन भन्ने आभास विगतमा हुने गथ्र्यो जसको ज्वलन्त उदाहरण पृथ्वी नारायण शाहदेखि वि.पी. कोइराला, गणेशमान सिंहदेखि हालसम्म राष्ट्रका लागि प्राण आहुति दिने ज्ञात अज्ञात शहिदहरु जुन राष्ट्रियताको लागि कुनै पल, कुनै पनिं अवस्थामा, परिस्थितिमा विकेनन्, झुकेनन् र सधैं उच्च राखी गर्वका साथ बाँच्न सिकाउँथ्यो ।

बिडम्बना यस्तो राज्य चलाउने राजनीतिज्ञले नीति, नियम, कानुन, ऐन, संविधान, राष्ट्र र राष्ट्रियता जस्ता महत्वपूर्ण विषइ अहिलेको पुस्तामा राष्ट्रियता भन्ने के हो ? राष्ट्रियता के लाई भनिन्छ ? राष्ट्रियता कसरी कायम राख्न सकिन्छ आदि कुरा दिन र बुझाउन वर्तमान राजनीति एक खोक्रो आदर्श जुन स्यालको भिडमा कुकुरलाई राख्नु सरह भएको छ । राष्ट्रियता कुनै तारामा सीमित भावना होइन यो जनताको त उपमा भावना चेतनामा उम्रिने साझा जिम्मेवारी र पहिचान हो । इतिहासले देखाएको छ – जब राजनीति जनभावनासँग जोडिन्छ । त राष्ट्रियता शुद्ध हुन्छ तर बिडम्बना, नेपाली राजनीतिले दशकौँ बितिसक्दा पनि त्यस्तो राष्ट्रिय चेतना जन्माउन सकेको देखिदैन, जसले सम्पूर्ण जनतालाई एउटै सुत्रमा बाँधोस् । नेपाली राजनीतिमा राष्ट्रियताको प्रयोग धेरैजसो चुनावी नारा, सत्ता टिकाउने हतियार र विरोधीलाई आरोप लगाउने अस्त्रका रुपमा भएको छ । राष्ट्रको दिर्घकालिन हितभन्दा पनि दलाल, दलगत स्वार्थ व्यक्तिगत लाभ र सत्ता समीकरणलाई प्राथमिकता दिंइदा राष्ट्रियताको मर्म नै कमजोर बनेको छ । परिणामस्वरूप राष्ट्रियता जनताको जीवनसँग गाँसिनुको सट्टा भाषण र कागजमै सीमित रहन पुगेको की राजनीतिक अस्थिरता, बारम्बार सरकार परिवर्तन र नीति, नियमको परिवर्तन आदिले जनतामा राज्यप्रति भरोसा घट्दै गएको छ । जब राज्यप्रणालीप्रति विश्वास कमजोर हुन्छ, तब राष्ट्रिय भावना पनि कमजोर हुनु स्वभाविक हो । अझ गम्भीर कुरा त के छ भने, राष्ट्रियता निर्माण गर्नुपर्ने राजनीतिक नेतृत्व स्वयम् नै विभाजनको कारक बन्दै गएको जनतामा देखिएको छ । नेपाली राजनीतिले राष्ट्रियतालाई समावेशी, नागरिक केन्द्रित र व्यवहारिक बनाउने अवसर धेरै पटक पायो, तर ती अवसरहरू गुमाइयो । भाषा, संस्कृति, भौगोलिक विविधता र ऐतिहासिक संघर्षबाट जन्मिएको राष्ट्रिय चेतनालाई मजबुत बनाउनुको सट्टा, पहिचानको राजनीति र ध्रुवीकरणलाई प्रायः दिइयो । यसले साझा राष्ट्रिय भावनाभन्दा पनि विभक्त सोचलाई बढावा दिइयो ।

राष्ट्रियता सिमानाको रक्षा मात्र होइन, शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासन र आत्म सम्मानसँग गाँसिएको विषय हो । जब नागरिकले आफ्नै देशमा सुरक्षित, सम्मानित र सम्भावना युक्त जीवन जीवन देख्दैनन्, तब राष्ट्रिय भावना कमजोर बन्छ । आज ठूलो संख्यामा युवाहरु विदेशिन बाह्य हुनु पनि अब नसकेको आशावादी नेपाली । अब प्रश्न उठ्छ – राष्ट्रियताको संकेत के हो ? राष्ट्रियता राजनीतिबाट मात्र जन्मिन्छ ? उत्तर स्पष्ट छ – राजनीति यसको प्रमुख माध्यम हो । जबसम्म राजनीति नैतिक, उत्तरदायी र जनमुखी हुँदैन तबसम्म राष्ट्रियता खोक्रो नारा मात्र रहन्छ । राष्ट्र निर्माणको भावना भाषणबाट होइन, व्यवहारबाट देखिनु पर्छ ।

अन्ततः, नेपाली राजनीतिज्ञ, राजनीतीले आत्म समिक्षा गर्नेपर्छ । राष्ट्रियता सिकाउने होइन, बाँच्ने विषय हो । जब राजनीति जनताको दुःख, सपना र भविष्यसँग इमान्दार रुपमा जोडिन्छ तब मात्र साँचो राष्ट्रियता जन्मिन्छ । नत्र राष्ट्रियता नारामा मात्र सीमित रहिरहनेछ र राष्ट्रले अवसर गुमाउँदै जानेछ ।

(लेखक रायमाझी (एम.फिल) काठमाडौं विश्वविद्यालय ।)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->