पोखरा/ थकाली सेवा समिति नेपालको केन्द्रिय अध्यक्षमा शान्ति तुलाचन निर्विरोध निर्वाचित भएकी छिन् । पोखरामा सम्पन्न चौधौ अधिवेशनले तुलाचनसहित २७ केन्द्रिय सदस्यहरु निर्विरोध निर्वाचित गरेको हो ।
तुलाचन थकाली महिलाहरुको उत्थान र विकासमा अंग्रणी एवं विभिन्न सामाजिक कार्यहरुमा क्रियशील रहदै आएकी छन् । उनी मुस्ताङको थासाङ गाउँपालिका—३ लेते निवासी हुन् । नेपालमा २० वटा र विदेशमा ४ वटा गरी २४ वटा क्षेत्रीय समितिको सहभागिता रहेको अधिवेशनमा २४५ जना अधिवेशन प्रतिनिधिहरुले आगामी तीन वर्षका लागि थकाली सेवा समितिको केन्द्रिय नेतृत्व चयन गरेको हो ।
समितिको केन्द्रिय सदस्यमा थासाङ क्षेत्रबाट विपना शेरचन र मनप्रसाद गौचन, जोमसोम क्षेत्रबाट मिमकुमारी शेरचन, दाना तातोपानी म्याग्दी क्षेत्रबाट अमृतमान शेरचन, बुटवल क्षेत्रबाट माया गौचन र धर्मेन्द्र शेरचन, टिकापुर क्षेत्रबाट भिम शेरचन, गल्कोट क्षेत्रबाट चन्द्रप्रसाद गौचन, बाग्लुङ क्षेत्रबाट निर्मल गौचन, कुश्मा क्षेत्रबाट राजु तुलाचन, बेनी क्षेत्रबाट शान्ति भट्टचन, दरबाङ क्षेत्रबाट अनुप गौचन, पोखरा क्षेत्रबाट ओम गौचन, रुचिन्द्र गौचन र योगेन्द्र शेरचन, बिरेठाँटी क्षेत्रबाट कृष्ण गौचन, स्यालीघाङ क्षेत्रबाट भुपालसिंह शेरचन, मुग्लिन क्षेत्रबाट विकास तुलाचन,भैरहवा क्षेत्रबाट संञ्जय शेरचन, रुकुम क्षेत्रबाट बशन्त गौचन र काठमान्डौं क्षेत्रबाट खगेन्द्र भट्टचन, रामकृष्ण शेरचन, मिमप्रसाद शेरचन र विश्व शेरचन निर्विरोध निर्वाचित भएका छन् ।
विधान अनुसार निर्वाचित अध्यक्षले चार जना सदस्यहरु कार्यसमितिमा मनोनित गर्न पाउँने व्यवस्था छ ।





