बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पोखरा र काठमाडौंको दुई दिने यात्रा

पोखरा र काठमाडौंको दुई दिने यात्रा


  • याम बहादुर थापा मगर
  • माघ ४ २०८२, आइतबार

लेखको आराम्भ
बागलुङ बजारमा व्यस्त रहने दैनिकी बाहेक पोखरा र काठमाडौंमा रुचि अनुसारको कार्यक्रममा सहभागी हुन योजना र समय छुटाउनुपर्ने रहेछ । भरसक रुचिकर विषयवस्तुको कार्यक्रममा जानु मानवीय रुचि नै हो । मलाई यात्रा, लेखन, सम्मेलन, पुस्तक चर्चा परिचर्चा, विचार गोष्ठी, प्रशिक्षणमा सहभागी हुन मन लाग्दछ । लामो समय पछिको पोखरा र काठमाडौंको यात्रामा मैले छोटो अवधिमा गरेका सहभागीमुलक कार्यहरुको बारेमा गतिलो संस्मरणमुलक लेख लेखेर ज्ञान व्यवस्थापन र युवा केन्द्रितका लागि शेयर गर्न मन लागेको छ । आशा छ हजुरको यो भन्दा बढी सक्रियता र व्यस्तता रहने काममा समय बितेको होओस् भन्ने कामना गर्दछु । जिन्दगी सर्घषको साथै योजनाबद्ध यात्रा रहेछ भन्ने लाग्दछ ।

पोखरामा व्यस्तताको कार्यक्रम
म काठमाडौंसम्म जाने हिसाबले बिहान ५ः३० बजे पोखरातिर यात्रा गरे । चिसोको मौसम भएकोले बाटोमा त्यति गाडीहरुको चाप थिएन । पोखरा पर्यटक बसपार्कमा चिया कफी पिउने हिसाबले सहकर्मी साथी झपेन्द्र थापा मगर र इन्द्रा मल्ल थापाको प्रर्दशनी मार्ग, नयाँ बजारमा रहेको आमाको चुल्हो रेष्टुरेण्टमा ड्राइभर गणेश थापा मगरसँगै हामी गयौं । साक्षात्कार, भलाकुसारी पछि खाना खाएर जान अनुरोध भएपनि समय नभएकोले बरु कार्यक्रम पछि आउने वाचा र जानकारी दिए । न्युरोड, पोखरामा कफी सपमा मगर फिल्मकर्मी, शोधकर्ता, अनुसन्धानकर्ता मेजन पुन मगरसँग चिया कफी कार्यक्रम सम्पन्न भयो । मेजन पुनसँग मगर अध्ययन अनुसन्धान जनरलको लागि लेख प्रकाशन, मगर फिल्म निर्देशनका बारेमा छलफल भएको थियो । सँगै भलााकुसारी हुँदै गर्दा सोही समयमा ढोरपाटन दैनिक तथा ढोरपाट न्युज अनलाइनका पोखरा व्युरो प्रमुख, प्रेस युनियन कास्कीका अध्यक्ष, लमजुङ जिल्ला उदिपुर निवासी तथा न्युनतम पारिश्रमिक समितिका सदस्य बासुदेव मिश्र समेत आउनुभयो । व्यस्त पत्रकार बासुदेव मिश्र पोखरा महानगरपालिकाको पत्रकार सम्मेलन कार्यक्रम नसक्दै हाम्रो भेटघाटमा सहभागी हुन आउनुभएको रहेछ । फोटो सेसन गरेपछि मेरो नेपाल आदिवासी जनजाति पत्रकार महासंघ, फोनिज गण्डकी प्रदेशको निट पत्रकार पुरस्कार वितरण कार्यक्रममा सहभागी हुने समय अझै आधा घण्टा बाँकी थियो । पत्रकार मित्र बासुदेव मिश्रलाई ढोरपाटन दैनिकको पोखरा व्युरोको कार्यालयमा उपस्थिती जनाउने सोच बमोजिम सो कार्यालयमा छोडिदिन अनुरोध गरे । ढोरपाटनको कार्यालयमा जाने समयमा बिहानको दश बज्दै थियो । कार्यालयमा बस्दै गर्दाको समयमा ढोरपाटन दैनिक सञ्चार प्रा.लि.का अधिकृत कर्मचारी तथा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष रञ्जिता शर्माको आगमन भयो । सामान्य भलाकुसारी पश्चात मायाको चिनो स्वरुप फोटो सेसन गरेर फोनिज गण्डकी प्रदेशको पुर्ण बैठक र निट पत्रकारिता पुरस्कार वितरण समारोहमा सहभागी हुन पुगे । निर्धारित समयभन्दा आधा घण्टापछि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको प्रमुख आतिथ्यतामा निट पत्रकारिता पुरस्कार समाधान दैनिक र समाधान न्युज अनलाइनका सम्पादक भरत कोइरालालाई प्रदान गरियो । म नेपाल आदिवासी जनजाति पत्रकार महासंघ गण्डकी प्रदेशको सल्लाहकार, गण्डकी प्रदेशबाट संघिय प्रतिनिधि तथा फोनिज शाखा बागलुङको गण्डकी प्रदेशको प्रतिनिधीको हैसियतले अतिथिको रुपमा सहभागी भए । कार्यक्रमको अगाडी मञ्चमा सहभागी हुन आयोजक र अतिथिबाट अनुरोध भएपनि युटुव च्यानल कथा यात्रा नेपालबाट लाइभ भिडियो प्रशारण गर्ने हुटहुटीले मञ्चमा जान मन लागेन । कार्यक्रम छोटो र प्रभावकारी भएको थियो । खाजा पश्चात नेपाल जनजाति पत्रकार महासंघ कास्की तथा नेपाल मगर पत्रकार संघ कास्कीका संस्थापक अध्यक्ष रुद्र बहादुर थापा हिटान मगरको श्रीमती राममाया थापा मगरको मृत्यु भएकोले शोक मन्तव्य लिएर पोखरा महानगरपालिका–७, पुरानो एयरपोर्ट, सुन्दरमार्ग नजिक उपलब्ध साथीहरु जाने भेटी बुझाउने र समवदेना प्रकट गर्ने काम सम्पन्न भयो । हाम्रो टोली समवेदना पश्चात फोनिज गण्डकीको पुर्ण बैठकमा सृजनाचोकमा आयोजना भएकोले सो बैठकमा सहभागी भए । सो बैठकमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ केन्द्रिय समितिको बैठक २०८२ साल पुष ४ र ५ गते पोखरा, पुम्दीभुम्दीमा गर्ने तयारीका लागि विशेष केन्द्रित थियो । पुुर्ण बैठकमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ केन्द्रिय समितिका सचिव एम वि आस्था मगर, गण्डकी प्रदेश इन्चार्ज रुद्र श्रीस मगरको समेत सहभागीता थियो ।

फोनिज गण्डकी प्रदेशको बैठकमा नयाँ साथीहरुसँग चिनजान र परिचय पछि दिउँसोको चार बजेको थियो । पोखरा चिप्लेढुंगा पाल्पाली हाउसमा गायिका र मोडेल शान्ती श्रीस मगरको तकसेरा रुकुममा छायाँकन भएको नयाँ गित यु.के. जाने दाई गीतको विमोचन कार्यक्रम थियो । सो कार्यक्रमको समेत मैले कथा यात्रा नेपालमा लाइभ प्रशारण गरेको थिए । तर कपी राइट गरिदिएर समयको बर्बादी भएको थियो । प्राज्ञ गितकार रमेश श्रेष्ठ, शिक्षक तथा साहित्यकार रुपेद्र प्रभावी लगायतको सहभागीता थियो । समय साँझको भैसको थियो । खाना खाएर काठमाडौको बस चढ्ने योजना स्वरुप आमाको चुल्हो रेष्टुरेण्ट प्रर्दशनी मार्ग, पोखरामा पुगे । आमाको चुल्होमा पाहुना छाकको खाना खाएर फेरी पोखरामा आउँदा आउने कुराकानी पश्चात बिदाइ भए ।

व्यस्त काठमाडौंमा व्यस्त म
साझा बसबाट पोखराबाट काठमाडौंको यात्रा रात्रीकालीन थियो । म सबेरै गोङगबु नयाँ बसपार्कमा पुगे । चिया पिउने काम गरे । शौचालय गएर नित्यकर्म गरे । मैले भेटघाट गर्ने साहित्यीक मित्रहरुले खाना सहितको दुई उपन्यास पुस्तकको विमोचन समारोहमा निमन्त्रणा थियो । समय बिहान साढे सात बजे पुतलीसडकमा थियो । रचना साहित्यीक पत्रिकाका प्रधान सम्पादक रोचक घिमिरे र अभिव्यक्ति साहित्यीक पत्रिकाका प्रधान सम्पादक पवन आलोकसँग मेरो कविता प्रकाशन भएको पत्रिका लिनु, चिनजान गर्नु र फोटो सेसन गर्ने योजना थियो । रचना र अभिव्यक्त पत्रिकाहरु हात पारे र आगामी दिनमा थप कविता लेख रचना पठाउने, सहकार्य गर्ने कुराकानी भयो । अभिव्यक्ति साहित्यीक पत्रिकामा मेरो कविता प्रकाशन भएकोमा मेरो फोटो प्रकाशन नभई भुलवश अर्को व्यक्तिको फोटो प्रकाशन भएकोमा जानकारी दिए । आगामी अंकमा सच्याउने जानकारी प्राप्त भयो । कार्यक्रम सुरुवात हुनुभन्दा अगाडी चिनजान, भेटघाट गर्ने काम सम्पन्न भएपछि उपन्यास समाज नेपालको आयोजनामा विमोचन समारोहमा सहभागी भए । विमोचन भएका पुस्तकहरु र थप अर्को पुस्तक हातमा उपहार स्वरुप लिए । विमोचन समारोहमा सहभागी हुँदा युटुव च्यानल कथा यात्रा नेपालमार्फत प्रत्यक्ष प्रशारण समेत गरे । काठमाडौंमा पहिलो पटक पुस्तक विमोचन हुने समय व्यवस्थापन भएको र डा. तुलसी भट्टाराई सँगको चिनजान, भलाकुसारी अविष्मरणीय रह्यो ।

उपन्यास समाज नेपालको कार्यक्रम र खाना पछि मैले अनलाइन खबरको प्रधान कार्यालय नयाँ बानेश्वरमा पत्रकार मित्र सन्त गाहा मगरसँग चिनजान, भेटघाट गर्ने चाहाना थियो । डिजिटल मिडियामा अनलाइन खबरको प्रधान कार्यालय सिंगो घरमा कोठा कोठामा नजर लगाएर फोटो खिचेर चियापान गर्दै सामान्य भलाकुसारी गर्दै गफियौं । खानाको अनुरोध भएपनि खाना खाइसकेकोले हामी फेरी भेटघाट र सम्पर्कमा हुने गरी बिदाई भयौ ।

नेपाल मगर संघ केन्द्रिय समिति कंलकी, काठमाडौंमा नेपाल मगर लेखक संघको महाधिवेशन भएकोले सहभागी हुन पुगे । मैले सोचेभन्दा धेरै कम मगर लेखक साथीहरुको उपस्थिति रहेको थियो । नेपाल मगर संघ केन्द्रिय समितिका अध्यक्ष ज्ञानेन्द्र पुन मगरले प्रमुख अतिथिको प्रबद्ध प्रवचन पश्चात बन्द सत्र सुरुवात भयो । डा. विष्णु कुमार सिंजालीको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन भयो । नयाँ कार्यसमितिको केन्द्रिय सदस्यमा म र्निविरोध चयन भए । नेपाल मगर प्रकाशन समितिको प्रकाशन समितिको सदस्य भएकोले सो को आयव्यय विवरण दिलप्रसाद थापा मगरमार्फत प्रस्तुत प्रतिवेदनबाट जानकारी भयो । मगर लेखक संघका पदाधिकारीहरुले एक वर्षमा एक किताब प्रकाशन गर्ने, इतिहास दस्तावेजीकरणको दशक मनाउने लगायतका विषयमा जानकारी लिर्दै मगर प्रकाशन समिति, मगर प्रकाशन फाउण्डेसन, मगर प्राज्ञिक परिषदका पुस्तकहरुको प्याकेट बोकेर साँझ साझा बसमा नै बागलुङ बजारमा रात्रीकालिन यात्रामा निस्के । त्यस भन्दा अगाडी महालेखा नियन्त्रक कार्यालय अनामनगरको कार्यालयको कामकाज समेत छोटो समयमा सम्पन्न गरि सकेको थिए ।

अन्तमा
मेरो रुचि र चाहना अनुसार बागलुङ बजार सानो क्षेत्र भएको छ । पोखरा, काठमाडौंमा बसाइ व्यवस्थापन गर्नुपर्छ कि भन्ने सोच सृजना हुन्छ । फेरी गाउँको बसाईले केही उत्पादन र आत्मियता दिन्छ । बागलुङ सदरमुकामको बसाईले नोकरी र पारिवारीक वातावरण दिन्छ । तर, मन लाग्दा रुचिहरु, योजनाहरु, सोचहरु कहिलेकाँही बागलुङबाट पुरा नहुँदा पोखरा, काठमाडौं जानुपर्ने जरुरी काम पर्दछ । पोखरा र काठमाडौंमा जोडिनु पर्ने संगठन र गर्नुपर्ने कामहरु शुन्यताबाट थालनी गर्नुपर्ने हुन्छ । स्थायी भरपर्दो श्रोतको अभावमा खर्चिलो शहरी बसाइ व्यवस्थापन गर्न गाह्रो छ । साहित्यीक गतिविधी, लेखन कार्यको जागरण, यात्रा संस्मरण जगाउने, पठन संस्कृति, छोराछोरीलाई उच्च अध्ययन गराउने सोच शहर केन्द्रित भएकोले दुविधा पर्छु म । आगामी दिनमा पोखरा र काठमाडौंमा व्यस्त रहे जस्तै बागलुङमा रहेपनि सृजनात्मक शैलीका कार्यक्रममा सहभागी हुने योजना अटुट रुपमा रहने छ । शत्रुबाट जोगाउन, बचाउन धेरै योजना, तरिका, शैली अबलम्वन गरिन्छ । तर मित्रहरुबाट मलाई बचाउन बहुत गाह्रो छ भन्ने भनाई बहुत प्रचलित छ । त्यसैले मलाई आगामी दिनमा मित्रहरुबाट हुने दुव्र्यवहार, अपमान, तिरष्कारबाट बच्न र बचाउने उपायमध्ये सृजनात्मक काम गरेर समयहरु बिताउनु छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->