शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङमा एनप्याव्सनको दोस्रो बृहत खेलकुद महोत्सव हुने

बागलुङमा एनप्याव्सनको दोस्रो बृहत खेलकुद महोत्सव हुने


  • ढाेरपाटन संवाददाता
  • माघ ५ २०८२, सोमबार

बागलुङ/राष्ट्रिय नीजि तथा आवसीय विद्यालय एसोसियसन नेपाल नगर कार्यसमिति बागलुङले दोस्रो संस्ककरणको बृहत खेलकुद महोत्सव गर्ने भएको छ । गत वर्ष बिभिन्न कार्यक्रमका साथ पहिलो संस्ककरणको बृहत खेलकुद महोत्सव गरेको एनप्याव्सन नगर समितिले यसवर्ष पनि बिभिन्न खेलकुदका कार्यक्रमका साथ माघ ६ गतेदेखि ६ गतेसम्म दोस्रो संस्ककरणको बृहत खेलकुद महोत्सव गर्ने भएको हो ।

सोमबार पत्रकार सम्मेलन तथा ट्रफी अनावरणको आयोजना गरि कार्यक्रमका बारेमा जानकारी गराएको एनप्याव्सन नगर समितिले बिभिन्न १२ वटा खेल सहित एनप्याव्सनका सदस्य विद्यालयका बीचमा प्रतिस्पर्धा गराउन लागेको जनाएको छ ।

कार्यक्रमबारे जानकारी दिदै एनप्याव्सनका नगर अध्यक्ष चन्द्रबहादुर क्षेत्रीले कक्षा १० सम्म अध्ययनरत विद्यार्थीलाई समावेश गर्ने गरि कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । नगर क्षेत्रमा ८ सदस्य विद्यालय रहेको र हरेक विद्यालयबाट ४५ जनाका दरले ३ सय ६० जना विद्यार्थी सहभागी हुने बताए ।

विद्यागततर्फ बिजेता बन्ने विद्यालयलाई ट्रफी, मेडल र प्रमाण पत्र तथा समग्र प्रतियोगितामा विजेता बन्ने विद्यालयलाई रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने उनले बताए । प्रतियोगिताअन्तर्गत छात्रछात्र १ मिटर, २ सय मिटर एकसय इन्टु ४ रिलेदौड, लङजम्प, हाइजम्प, त्रिपलजम्प, सटफुट, र ज्याव्लिङ थ्रो राखिएको छ ।

यसैगरी छात्रा कबड्डी, छात्र फुटवल, महिला शिक्षकका बिचमा रस्साकस्सी र पुरुष शिक्षकका बिचमा फुटसल प्रतियोगिता राखिएको उनले बताए । प्रतियोगिता सम्पन्न गर्न २ लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको उनले जानकारी दिए ।

कार्यक्रममा एनप्याव्सनका केन्द्रिय सचिव बालकृष्ण शर्मा, जिल्ला फुटवल संघका अध्यक्ष जय राजभण्डारी र पत्रकार महासंघका सह–सचिव डम्बर बुढाले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम एनप्याव्सनका नगर अध्यक्ष चन्द्रबहादुर क्षेत्रीको अध्यक्षता र सचिव निशान खड्काको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->