बागलुङ/आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसका भीम श्रीस रानाले बागलुङ निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवारी दर्ता गरेका छन् ।
श्रीस कांग्रेसको हालै काठमाडौंमा सम्पन्न दोश्रो विशेष महाधिवेसनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । श्रीष त्रिभुवन विश्व विद्यालयको पुर्व स्ववियू सभापति समेत हुन् । श्रीसको समर्थकमा कांग्रेस बागलुङका पुर्व सभापति हरि प्रसाद श्रेष्ठ र प्रस्तावकमा किरणराज पौडेल रहेका छन् ।





