बागलुङ/फागुन २१ गतेका हुने प्रतिनिधि सभा निर्वाचनका निम्ती बागलुङ क्षेत्र नं. १ र २ मा २३ जनाको उम्मेदवारी दर्ता भएको छ ।
बागलुङ क्षेत्र नं. १ मा नेपाल मानवतावादी पार्टीका भक्तबहादुर विक, राष्ट्रिय प्रजातन्त्र पार्टीका कल्याण आचार्य, मंगाल नेशनल अर्गनाईजेशनका गुमा कुमारी बुढा राना मगर, राष्ट्रिय स्वतन्त्र पार्टीका सुशिल खड्का, नेपाल कम्युनिष्ट पार्टी एमालेका हिराबहादुर केसी, प्रगतिशल लोकतान्त्रिक पार्टीका चित्रप्रसाद सापकोटा, नेपाली काँग्रेसका भिमबहादुर श्रीसले मनोनयन दर्ता गराएको सहायक निर्वाचन अधिकृत पुर्णप्रसाद शर्माले जानकारी दिए ।
त्यसैगरी, नेशनल रिपब्लिक नेपालका सहविर थापा, राष्ट्रिय जनमोर्चा पार्टीका कृष्णप्रसाद शर्मा अधिकारी, श्रम संस्कृति पार्टीका लालबहादुर घर्ति र नेपाल कम्युनिष्ट पार्टी माओबादीका टेकबहादुर केसीले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन कार्यालयले सोमबार सर्वदलिय बैठक राखेर दलहरुलाई समय निर्धारण गरेको थियो ।
नेपाल समाजवादी पाटीका उम्मेदवार भक्तबहादुर विको प्रस्तावकमा भक्तराम सुनार र समर्थकमा दलबहादुर सार्की, राप्रपाका आचार्यका फरिन्द्र पौडेल प्रस्तावक र धनबहादुर कार्की समर्थक, मंगोल नेशनल अर्गनाइजेसनका उम्मेदवार गुमा कुमारी बुढा राना मगरको प्रस्तावकमा धनकुमारी थापा र समर्थकमा शान्ति थापा, रास्वपाका खड्काको प्रस्तावकमा राजेन्द्र शर्मा र समर्थकमा महेन्द्र खड्का रहेका छन् ।
यस्तै, नेकपा एमालेका उम्मेदवार केसीको प्रस्तावकमा डा. सूर्य प्रसाद पाठक र समर्थकमा इन्द्रलाल सापकोटा, प्रगतिशिल लोकतान्त्रिक पार्टीका सापकोटाको प्रस्तावकमा नारायण प्रसाद उपाध्याय शर्मा र समर्थकमा सञ्जय श्रेष्ठ, कांग्रेसका उम्मेदवार श्रीसको प्रस्तावकमा किरणराज शर्मा र समर्थकमा हरिप्रसाद श्रेष्ठ, नेशनल रिपब्लिक नेपालका उम्मेदवार थापाको प्रस्तावकमा पूर्णबहादुर थापा र समर्थकमा चन्द्र बहादुर थापा, राष्ट्रिय जनमोर्चाका उम्मेदवार अधिकारीको प्रस्तावकमा थानेश्वर सुवेदी र समर्थकमा कृष्णबहादुर केसी, श्रम संस्कृति पाटीका उम्मेदवारका घर्तिको प्रस्तावकमा लालबहादुर घर्ति र समर्थकमा नुतन थापा मगर, नेकपा माओवादीका केसीको प्रस्तावकमा निशान विक र समर्थकमा लक्ष्मण क्षेत्री रहेका छन् ।
यस्तै, निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेसबाट टेकराज पौडेल, नेकपा एमालेबाट मञ्जु शर्मा चालिसे, नेपाली कम्युनिस्ट पार्टीबाट ज्ञामनाथ गैरे, राष्ट्रिय प्रजातन्त्र पार्टी अञ्चल शाही, मंगोलनेशनल अर्गनाइजेशनबाट जुनबहादुर थापा, मानवतावादी पार्टीबाट टेकप्रसाद कामी, नेशनल रिपब्लिक पार्टीबाट नरबहादुर बुढा, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पदमबहादुर कुँवरले उम्मेदवारी दर्ता गराएका हुन् ।
त्यस्तै जसपाबाट पूर्णबहादुर घर्ती मगर, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट लोकेन्द्र घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोम शर्मा र श्रम संस्कृति पार्टीबाट हर्कबहादुर पुनले उम्मेदवारी दर्ता गराएको क्षेत्र नम्बर २ का सहायक निर्वाचन अधिकृत ऋषिराम रिजालले जानकारी दिए ।





