पोखरा/१४ औं पोखरा महोत्सव सभ्य र भब्यताका साथ सम्पन्न भएको छ । गएको पुस २९ देखि माघको ११ गते सम्म आयोजित महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले समापन गरे ।
समापन समारोहमा बोल्दै मेयर आचार्यले पोखरा महोत्सव एक पृथक महोत्सव रहेको बताए । रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले महोत्सवमा स्थानीय उत्पादनलाई प्रवद्र्धन गरेकोमा खुसी व्यक्त गरे ।
युनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले क्लबले पोखरा २७ अर्चलेमा छात्राबासको निर्माण गर्न लागेको जानकारी दिए । क्लबका अध्यक्ष लोकबहादुर थापाले महोत्सवमा सघाउने सबैलाई धन्यवाद दिए । क्लबका महासचिव दीनेश सुनारले सञ्चालन गरेको कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत मन्तव्य राखेका थिए ।





