पोखरा / मोटरसाइकल चोरेको आरोपमा प्रहरीले तीन जनालाईं पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीनैजना बालक रहेका छन् ।
कास्की प्रहरीका अनुसार यही माघ १० गते दिउँसो ३ बजेको समयमा पोखरा महानगरपालिका वडा नम्बर ३० मुसीटुँडा बस्ने सिताराम श्रेष्ठको पोखरा–२९ २९ घोतघोते स्थित पसल अगाडी पार्किङ गरी राखेको ग ६ प ६६२४ नं. को पल्सर मोटरसाईकल चोरी भएको थियो ।
चोरी भएको घटनाबारे जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय शिशुवा कास्कीबाट खटिएको प्रहरी टोलीले सिसी टिभि फुटेजको आधारमा अनुसन्धान तथा खोजतलास गर्दै जाँदा तिन जना बालकहरुले चोरी लगेको खुल्न आएकोले माघ ११ गते उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कास्की प्रहरीका सूचना अधिकारी एवं डिएसपी हरिबहादुर बस्नेतका अनुसार तनहुँ आँबुखैरेनी गाउँपालिका– २ गणेशटोल स्थित पृथ्वीराजमार्ग सडकखण्डबाट उक्त ग ६ प ६६२४ नं. को मोटरसाईकल सहित ३ जना कानुनको विवादमा परेका बालकहरुलाई इलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहुँको सहकार्यमा नियन्त्रणमा लिई चोरी सम्बन्धी कसूरमा सम्मानित कास्की जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थप गरी अनुसन्धान कार्य अगाडी बढाईएको छ ।





