मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

टाइगर कपमा उत्कृष्ट खेलिरहेको पर्वत भलिबल संघलाई आर्थिक सहयोग

टाइगर कपमा उत्कृष्ट खेलिरहेको पर्वत भलिबल संघलाई आर्थिक सहयोग


  • ढाेरपाटन संवाददाता
  • माघ १५ २०८२, बिहिबार

पर्वत/पोखरामा जारी छैटौँ टाइगर कप भलिबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेको पर्वत भलिबल सङ्घलाई आर्थिक सहयोगको अभियान चलेको छ ।

देशका विभागीय सहित बलिया टोलीहरू तथा आमन्त्रित विदेशी टोलीहरूको समेत सहभागिता रहने गरेको प्रतियोगितामा पर्वत भलिबल सङ्घले पहिलो पटक सहभागिता जनाएको छ । पाकिस्तानी खेलाडीहरू सहित प्रतियोगितामा सहभागी भएको पर्वत भलिबलको टोली अन्य टोलीहरूमाथि हाबी हुँदै उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।

पर्वत जिल्लाको पहिचान राष्ट्रिय तथा देशव्यापी रूपमा स्थापित गर्ने उद्देश्यका साथ प्रतियोगितामा सहभागी भएको टिमलाई जिल्लाका स्थानीय तहहरू तथा स्वदेश र विदेशमा रहेका नेपालीहरूले पनि आर्थिक सहयोग गरिरहेका छन् । विदेशी खेलाडीहरू समेत समावेश गरेर जिल्ला भलिबल सङ्घले मात्रै खेलाडीहरूको आतेजाते, बसाई तथा तिर्नुपर्ने रकम तिर्न नसक्ने अवस्थामा समेत टिम सहभागी गराएर उत्कृष्ट नतिजा निकलेको खुसीमा सहयोग गरिएको सहयोगदाताहरूले बताएका छन् ।

यही क्रममा जिल्लाको गाउँपालिकाको तर्फबाट एक लाख रुपैयाँ आर्थिक सहयोग मिलेको पर्वत भलिबल सङ्घका अध्यक्ष लक्ष्मण श्रेष्ठले बताए । मोदी गाउँपालिका–२ देउपुरले पनि खेलाडीहरूको मनोबल उच्च राख्नका लागि भन्दै २५ हजार रुपैयाँ सहयोग गरेको सङ्घले बताएको छ । यस्तै जिल्लाकै महाशिला गाउँपालिकाले पनि ५० हजार रुपैयाँ सहयोग गरेको छ ।

हालसम्मको सबैभन्दा मोटो रकम पर्वत क्लब हङकङले चार लाख रुपैयाँ सहयोग गरेको सङ्घका अध्यक्ष श्रेष्ठले बताए । टिममा सम्मिलित तीन जना विदेशी खेलाडीलाई आउने जाने र अन्य केही आवश्यक खर्चका लागि क्लबले सहयोग गरेको अध्यक्ष श्रेष्ठले बताए । देश र विदेशका टोलीहरू सहभागी प्रतिस्पर्धात्मक खेलमा पर्वत भलिबल सङ्घले गरिरहेको उत्कृष्ट खेल प्रदर्शन र स्थानीय तहले गरेको सहयोगले खेलको प्रबद्र्धनका लागि सहयोग पुगेको सङ्घले बताएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->