आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

किशोरीहरुलाई महिला हिंसाबारे सचेतना

किशोरीहरुलाई महिला हिंसाबारे सचेतना


  • ढोरपाटन संवाददाता
  • माघ २० २०८२, मंगलबार

पोखरा/पोखरा उद्योग वाणिज्य संघअन्तर्गत रहेको सामाजिक विकास केन्द्रको आयोजनामा तथा जिल्ला प्रहरी कार्यालय कास्की (एवं भायनेटको समन्वयमा किशोरी लक्षित महिला हिंसासम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

पोखरा उद्योग वाणिज्य संघ सामाजिक विकास केन्द्रका संयोजक राजेन्द्रकुमार लालचनको अध्यक्षता तथा संयोजनमा भएको सो कार्यक्रममा किशोरीहरुको मानसिक स्वास्थ्य, सामाजिक सञ्जालको सही सदुपयोग तथा महिलामाथि हुने हिंसालगायत विविध विषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।

कार्यक्रममा ५७ जना किशोरीहरुको सहभागिता रहेको परियोजना सुपभाइजर सफल बरालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->