बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

फागुन ३ मा विश्वसंगीत महोत्सव हुने

फागुन ३ मा विश्वसंगीत महोत्सव हुने


  • ढोरपाटन संवाददाता
  • माघ २३ २०८२, शुक्रबार

पोखरा/महाशिव रात्रीको अवसरमा पोखरामा विश्वसंगीत महोत्सव आयोजना हुने भएको छ । नमस्ते ब्याण्डको ३७ औं वार्षिकोत्सव र नेपाल–जापान मैत्री सम्बन्धको ७० वर्षको अवसरमा पोखरामा विश्व संगीत महोत्सव हुने भएको हो ।

महोत्वस फागुन १ गते काठमाडौंमा हुनेछ भने ३ गते पोखरामा आयोजना हुने नमस्ते ब्याण्डका इश्वर गुरुङले जानकारी दिए ।

महोत्सवमा अन्तर्राष्ट्रिय ब्याण्डहरु नमस्ते ब्याण्ड जापान र नेपाल, साउरी एण्ड ब्लुज रक जापान, वोन शिभ मिनामी जापान, रिहान एण्ड ब्याण्ड भुटान र तिब्बतीयन कल्चरल अर्चस्र्टासको सहभागिता रहनेछ उनले बताए ।

यस्तै दिप श्रेष्ठ, गंगा वर्दन, राजेश पायल राई, याम बराल, युदय एण्ड मनिला सोताङ तथा अन्य गायकहरुको सहभागिता रहनेछ । यस्तै हाकिम गुरुङ, नेपप डीएनएक्स, जेम्से, अब्बु द अल्फा लगायतका ¥यापरहरुको समेत सहभागिता रहनेछ ।

नमस्ते ब्याण्डले निरन्तर पोखरामा कन्सर्टको आयोजना गर्दै आइरहेको छ । यस पटक आचारसंहिताको कुराले केहि असहज भएतापनि प्रहरी र जिल्ला प्रशासन कार्यालयबाट अनुमति पाएको बताए । कार्यक्रम राति ११ बजेसम्म सञ्चालन हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->