बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

लमजुङमा जीप दुर्घटना, एकको मृत्यु, ७ जना घाइते

लमजुङमा जीप दुर्घटना, एकको मृत्यु, ७ जना घाइते


  • ढाेरपाटन संवाददाता
  • माघ २८ २०८२, बुधबार

लमजुङ / जिल्लाको मर्स्याङ्दी गाउँपालिका–९ सिद्धथानमुनिको जंगलमा बुधवार जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा ७ जना घाइते भएकोमा एकजनाको अवस्था गम्भीर रहेको छ ।

प्रहरीका अनुसार दुर्घटनामा भुजुङका ७४ वर्षीया मलकुमारी गुरुङको सदरमुकाम बेँसीसहरस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृतकका श्रीमान ८० वर्षीय आइतराम गुरुङ गम्भीर घाइते छन् । ग१ज ५०६५ नम्बरको जीप क्वहोलासोथार गाउँपालिका–४ भुजुङबाट मृचेगाउँ हुँदै सदरमुकार बेँसीसहर झर्ने क्रममा बुधबार बिहान करिब १० बजेतिर दुर्घटनामा परेको हो ।

घाइतेहरु ५० वर्षीया काली गुरुङ, २७ वर्षीया स्मृति गुरुङ, २२ वर्षीया एलिना गुरुङ, मर्स्याङ्दी गाउँपालिका–९ का ३१ वर्षीय आर्यन गुरुङ, बेँसीसहर नगरपालिका–५ की २२ वर्षीया रितु गुरुङ र २० वर्षीया कृपा गुरुङ प्रादेशिक अस्पतालमा उपचाररत छन् ।  घुम्ती सडकमा मोड नपुग्दा जिप फर्काउने क्रममा चिप्लिएर सडकबाट करिब ५०–६० मिटर तल खसेको थियो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->