बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कालीगण्डकीको किनार जलजलामा निर्माण हुँदै शवदाह स्थल

कालीगण्डकीको किनार जलजलामा निर्माण हुँदै शवदाह स्थल

गाउँपालिकाभित्रका अधिकांश वडाका स्थानीयले अन्तिम दाहसंस्कार कालीगण्डकी किनारमा गर्ने गर्छन् । अव्यवस्थित शवदाहका कारण मलामीहरूले सास्ती भोग्नुपरेको थियो ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १ २०८२, शुक्रबार

पर्वत / पर्वतको जलजला गाउँपालिकामा १८ वटा शवदाह स्थलको निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यका अनुसार संघीय सरकारसँगको लागत साझेदारीमा २ करोड ५८ लाख रुपैयाँको बजेटमा व्यवस्थित शवदाह स्थलको पूर्वाधार निर्माण भइरहेको छ ।

निर्माण कार्य अन्तर्गत आकाशबाट पानी परेको अवस्थामा पनि शवदाह गर्न मिल्ने सतल, घाटसम्म पुग्ने पदमार्ग, कपडा फेर्ने स्थान, मलामी बस्ने आश्रयस्थल, शौचालय, खानीपानी र बिजुलीको व्यवस्था गरिनेछ । सम्पूर्ण निर्माण यही वर्षभित्रै सम्पन्न हुने छ ।

अध्यक्ष आचार्यले बनबढे, डाडाकटेरी, लोप्रे, कुवापानी र बनौंलगायतका ठाउँमा समेत घाट निर्माणाधीन छन् । व्यवस्थित शवदाह स्थलले धुँवा, फोहोर र मानव अवशेष अनियन्त्रित रूपमा नदी र बस्तीमा पुग्ने जोखिम हटाउने उनले बताए।

कालीगण्डकीको घाट आसपास धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार वर–पिपल रोप्ने प्रचलन छ । पूर्वाधारसहितको घाट र वर–पिपलको संरक्षणको जिम्मा समुदायमै हस्तान्तरण गरिने अध्यक्ष आचार्यले बताए।

गाउँपालिकाभित्रका अधिकांश वडाका स्थानीयले अन्तिम दाहसंस्कार कालीगण्डकी किनारमा गर्ने गर्छन् । अव्यवस्थित शवदाहका कारण मलामीहरूले सास्ती भोग्नुपरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->