सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

ढिस्कोले पुरिदाँ एकको मृत्यु

ढिस्कोले पुरिदाँ एकको मृत्यु


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ३ २०८२, आइतबार

म्याग्दी/मंगला गाउँपालिका २ सल्यानमा माटोको ढिस्कोले पुरीएका तीन जनाको उद्धार गरेका छन् । जिल्लाको मंगला गाउँपालिका २ सल्यान स्थित खण्डमा ग्याभिन जाली भर्ने क्रममा माटोको ढिस्को खस्दा एक जनाको मृत्यु हुनुका साथै दुई जना घाइते भएका थिए । उनीहरुको उद्धारमा निर्वाचन प्रहरीले सक्रिय सहभागिता जनाएको हो ।

ग्याभिन जाली भर्ने क्रममा अचानक माटोको ढिस्को खस्दा रोल्पाको सुनछहारी गाउँपालिका २ का २८ वर्षिय सत बुढामगर गम्भीर घाइते भएकोमा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । माटोलो पुरिएर घाइते भएको अवस्थामा निर्वाचन प्रहरी तथा प्रहरीको टोलीले उद्धारगरी प्रदेश अस्पताल बेनीमा उपचारको लागि पठाएका थिए । घाइतेको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाले जानकारी दिए ।

सत बुढामगर सँगै सोही स्थानमा काम गर्दै गरेका रोल्पा सुनछहारी गाउँपालिका २ कै ३४ वर्षिय केशमान बुढामगर, १९ वर्षिय टेकबिर बुढामगर पनि घाइते भएको प्रहरीले जनाएको छ । घाइते दुवै जनाको प्रदेश अस्पतालमा उपचार पछि डिस्चार्ज भै सकेको अस्पतालले जनाएको छ ।

दिउँसो एक्कासी माटोको ढिस्कोले पुरीएपछि इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरीक्षक रबिन्द्र कार्कीको नेतृत्वमा ७ जनाको प्रहरी टोलीले घाइतेको उद्धार गरी प्रदेश अस्पताल बेनीमा उपचारका लागि पठाएको थियो । त्यसैगरी प्रहरी चौकी बाबिायाचौरबाट प्रहरी सहायक निरीक्षक सुमन थापाको कमाण्डमा निर्वाचन प्रहरी सहित १५ जनाको टोली घटनास्थलमा खटेको थियो ।

मृतकको सव प्रदेश अस्पताल बेनीका सवगृहमा राखिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->