सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

सिलिंगे कृषी सहकारीमा कृषकलाई सामाग्री वितरण

सिलिंगे कृषी सहकारीमा कृषकलाई सामाग्री वितरण


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ३ २०८२, आइतबार
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 8;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 30;

पोखरा/पोखरा महानगरपालिका वडा नं. २६ बुढिबजारमा रहेको श्री सिलिंगे कृषी उत्पादक सहकारीले आफ्ना शेयर सदस्यलाई कृषी सामाग्री वितरण गरेको छ ।

सहकारीको आफ्नो १८औं स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा सहकारीमा आवद्ध शेयर सदस्यहरूलाई ५० प्रतिशत अनुदानमा कृषी सामाग्री वितरण गरेको हो ।

कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २६ का वडा अध्यक्ष नरेन्द्र थापा नरेनले सहकारीले गरेको शुभ कार्यको प्रशंसा गरे। पोखरा २६ मा एक अब्बल सहकारी रहेको छ, जसले आफ्ना शेयर सदस्यलाई जीविकोपार्जनमा कृषी सामाग्री अनुदानमा प्रदान गरेर राहत दिलाएको छ ।

सहकारीको सिद्धान्त अनुरूप एक आपसमा सहकार्य गर्नु उसको कर्तव्य हुन्छ, जब कि कृषकको आय आर्जनमा वृद्धि हुन्छ। त्यसैगरी कार्यक्रममा विशिष्ट अतिथिको रूपमा बोल्दै साविक लेखनाथ नगरपालिकाका मेयर शालिकराम पौडेलले सहकारीले गरेका कामको प्रशंसा गर्दै समुदायमा मानिसको जीविकोपार्जनमा कृषि सहकारीको महत्त्वपूर्ण भूमिका रहन्छ उनले बताए ।

सहकारीका अध्यक्ष ठाकुर प्रसाद रानाभाटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष देवेन्द्र रानाभाट, पूर्व अध्यक्ष तथा लेखनाथ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मुरारी शर्मा, पूर्व अध्यक्ष शैलेन्द्र मोहन भट्टराई, सल्लाहकारहरू चन्द्र बहादुर रानाभाट, इश्वरीप्रसाद अधिकारी, पूर्व उपाध्यक्ष श्यामा भट्टराई, गोमा पतानी बन्जरा, विकास रानाभाट लगायतले सहकारीको भूमिकामा धारणा राखेका थिए ।

सहकारीले तीन सय शेयर सदस्यलाई कृषि विकास कार्यालयको सहयोगमा मनकामना मकै र अरुण जातको मकै तथा सहकारीको आफ्नै अनुदानमा कृषकलाई करीब ३ लाख बराबरको सामाग्री, औजार, साथै विउ विजन वितरण गरेको कृषी प्रर्वद्धन उपसमिती संयोजक उपेन्द्र बन्जराले जानकारी दिए ।

यसैगरी सहकारीले आफ्नो स्थापनाको अवसरमा वडा मित्रका ३ वटा धार्मिक मठ मन्दिरलाई पाँच हजारको दरले सहयोग गरेको छ । भने सहकारीको सचिव मिरा सिग्देलले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष चिनिया थापाले धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->