आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

जिल्ला कारगार बागलुङको सुरक्षामा सेना

जिल्ला कारगार बागलुङको सुरक्षामा सेना


  • ढाेरपाटन संवाददाता
  • फाल्गुन ६ २०८२, बुधबार

बागलुङ/जिल्ला कारागार बागलुङको सुरक्षामा नेपाली सेनाले अगुवाई लिएको छ । निर्वाचनका लागि नेपाल प्रहरी विभिन्न स्थानमा खटिएको र सुरक्षा संवेदनशिलता भएकोले सेनाले सुरक्षाको जिम्मा लिएको हो ।

आसन्न फागुन २१ को निर्वाचनमा जिल्लामा सुरक्षाकर्मी अभाव भएपछि १ हजार २ सय बढी म्यादी प्रहरी समेत भर्ना गरिएको छ । उनीहरुलाई तालिमपछि सबै मतदान केन्द्रसम्म खटाइने छ । त्यसअघि नै नेपाली सेनाको बागलुङ घोडाबाँधेस्थित कालीजंग गणबाट खटिएको टोलीले कारागारको सुरक्षा दिइरहेको गणपति शिव अधिकारीले बताए ।

बागलुङ कारागारमा १ सय ७० कैदीबन्दी छन् । क्षमता थोरै भएपछि अधिक कैदीबन्दी भएकोले आन्तरिक सुरक्षा संवेदनशिलता समेत छ । जिल्ला कारागारको क्षमता १ सय जना मात्र हो । महिलातर्फ २० जनाको क्षमता भएपनि १३ जना मात्रै छन् ।

पछिल्लो समय कारागारलाई सुधारगृहको रुपमा विकास गर्न लागिएको छ । राष्ट्रिय मानव अधिकार आयोग, नेपाल मानव अधिकार संगठनले यहाँ अनुगमन गर्दै आइरहेका छन् । बागलुङका विभिन्न सामाजिक संघसंस्थाले कारागारमा खेल तथा सरसफाइ सामाग्री सहयोग पनि गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->