पोखरा/चुनावको पूर्वसन्ध्यामा लेखनाथ जेसिजले कास्की जिल्ला क्षेत्र नं १ का प्रत्यक्ष तर्फका उम्मेदवारलाई एउटै मञ्चमा जुटाएको छ । पोखरा ३०। शिशुवाचोकमा राखिएको कार्यक्रममा नेताहरुले आफ्ना प्रतिवद्धता व्यक्त गर्ने र आम नागरिकहरूबाट आएका प्रश्न हरूको जवाफ दिने प्रत्यक्ष संवादमा ढुक्क र निर्धक्कका साथ चुनाव जितेर काम गर्न तयार रहेको बाचा गरे ।
कास्की जिल्ला क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ उम्मेदवारी दिएका १७मध्ये १४ जनाको सहभागिता रहेको कार्यक्रममा उम्मेदवारहरुले लेखनाथ क्षेत्रको विकासका लागि नयाँ नयाँ योजनालाई अगाडी सारेका थिए । लेखनाथ क्षेत्रमा रहेका ताल,प्राकृतिक स्रोत र साधनको प्रयोग,शिक्षा,स्वास्थ्य,पर्यटन र कृषि उत्पादनलाई जोडेर रोजगार सिर्जना, औद्योगिकीकरण, जलविद्युतको विकास, भष्टाचार नियन्त्रण, धार्मिक एकताबारेमा उनीहरुले आफ्नो दृष्टिकोण प्रस्तुत गरे ।
लेखनाथ जेसीजका अध्यक्ष सर्वेन्द्र न्यौपानेको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।





