सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

कास्कीमा निर्वाचनमा खटिने कर्मचारी छनौट, नामावलीसहित

कास्कीमा निर्वाचनमा खटिने कर्मचारी छनौट, नामावलीसहित


  • ढाेरपाटन संवाददाता
  • फाल्गुन ९ २०८२, शनिबार

पोखरा / आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि मतदान केन्द्रहरुमा खटिने कर्मचारीहरुको छनौट गरी नियुक्तिका लागि आव्हान गरिएको छ । कास्कीका तीनवटै निर्वाचन क्षेत्रका लागि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले शनिवार मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगीको नामावली प्रकाशित गरेका छन् ।

मुख्य निर्वाचन अधिकृत एवं कास्की निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत हिमलाल बेलबासेले सम्बन्धित मतदान केन्द्रमा खटाइने कर्मचारीहरुको विवरण प्रकाशित गरिएको बताए । कास्कीका तीनवटै निर्वाचन क्षेत्रका लागि २१ सय ८३ कर्मचारी आवस्यक पर्ने भएकाले सोही अनुसार नामावली सार्वजनिक गरिएको र उनीहरुलाई नियुक्तिका लागि बोलाइएको उनको भनाई छ । बेल्वासेका अनुसार कास्की क्षेत्र नम्बर ३ मा १५३ मतदान स्थल र ३ सय ६३ मतदान केन्द्रका लागि कर्मचारी छनौट गरिएको हो ।

यसैगरी कास्की निर्वाचन क्षेत्र नम्बर १ मा ६१ मतदानस्थलमा १४० मतदान केन्द्रका लागि कर्मचारी खटाइएको सहायक निर्वाचन अधिकृत सोनु बानियाँले बताए । त्यस्तै कास्की निर्वाचन क्षेत्र नम्बर २ का ३३ मतदानस्थल र ९७ मतदान केन्द्रका लागि कर्मचारीको छनौट गरिएको सहायक निर्वाचन अधिकृत दीपक गिरीले बताए ।

सम्बन्धित मतदान केन्द्रका लागि एकजना मतदान अधिकृत, १ जना सहायक मतदान अधिकृत, ३ जना सहायक कर्मचारी र एक जना कार्यालय सहयोगी छनौट गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदान अधिकृतले निर्वाचनको मतदान हुने दिनका लागि थप ३ जना स्वयंसेवक नियुक्त गर्नेछन् ।

हेर्नुहाेस् नामावली

कास्की क्षेत्र नम्बर २ र १

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->