शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मतपत्रसहित आवश्यक निर्वाचन सामाग्री आइपुगे बागलुङमा

मतपत्रसहित आवश्यक निर्वाचन सामाग्री आइपुगे बागलुङमा

दुई वटा निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फ २ लाख ७ हजार र समानुपातिकतर्फ २ लाख १३ हजार मतपत्र प्राप्त भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ११ २०८२, सोमबार

बागलुङ / फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बागलुङका लागि आवश्यक मतपत्र र निर्वाचन सामाग्री आइपुगेको छ । दुई वटा निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फ २ लाख ७ हजार र समानुपातिकतर्फ २ लाख १३ हजार मतपत्र आएको जिल्ला निर्वाचन कार्यालय बागलुङका प्रमुख यज्ञ रिजालले जानकारी दिए ।

उनका अनुसार निर्वाचन क्षेत्र नम्बर १ का लागि प्रत्यक्षतर्फ १ लाख २ हजार र समानुपातिकतर्फ १ लाख ११ हजार तथा क्षेत्र नं. २ का लागि प्रत्यक्षतर्फ १ लाख ५ हजार र समानुपातिकतर्फ १ लाख २ हजार मतपत्र सहित निर्वाचन सामाग्री जिल्लामा आईपुगेको छ । दुवै निर्वाचन क्षेत्रका लागि आबश्यक छेकाबार, मतपेटिका, मतदानका लागि आवश्यक अन्य सामाग्री कार्यालयमा आइपुगेको छ ।

निर्वाचन समपन्न गर्न बागलुङमा २ हजार ६० जना कर्मचारी, ६३७ नेपाल प्रहरी, १ हजार २ सय ९८ निर्वाचन प्रहरी परिचालन गरिएको छ । नेपाली सेना र शसस्त्र प्रहरी आवश्यकताका आधारमा खटिने तयारी भइरहेको छ ।

जिल्लाका १०७ मतदान स्थल र २३० मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारीहरु गरी २ हजार ६० जना कर्मचारी खटाइएको छ ।

बागलुङमा २३० मतदान अधिकृत, २३० सहायक मतदान अधिकृतसँगै एउटा मतदान केन्द्रमा अन्य ७ जनाका दरले १ हजार ६१० कर्मचारी परिचालन गर्ने गरी तयारी भएको निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी गोकुल शर्माले जानकारी दिए ।

बागलुङका दुवै क्षेत्रमा गरी १ लाख ९३ हजार ३८१ जना मतदाता छन् । निर्वाचन कार्यालयका अनुसार ९४ हजार ८०६ पुरुष र ९८ हजार ५७४ महिला मतदाता रहेका छन् । जिल्लाका २ प्रतिनिधिसभा सदस्यका लागि २३ जना उमेदवार चुनावी मैदानमा छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->