शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

प्रचण्डलाई झापड हान्ने कुँवर उम्मेदवारी मिडप्याक गरी कांग्रेसमा

प्रचण्डलाई झापड हान्ने कुँवर उम्मेदवारी मिडप्याक गरी कांग्रेसमा

बुधबारदेखि उनले आफ्नो उमेदवारी मिडप्याक गरेर कांग्रेसका पौडेललाई साथ दिने घोषणा गरेका हुन् ।


  • ढाेरपाटन संवाददाता
  • फाल्गुन १३ २०८२, बुधबार

बागलुङ/कुनैबेला माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई झापड हानेर चर्चामा रहेका पदमबहादुर कुँवर अहिले कांग्रेस उम्मेदवारको प्रचारमा लागेका छन् । बागलुङ क्षेत्र नं. २ मा प्रगतीशिल लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवार बनेर एक महिना घरदैलो गरेपछि बुधबार उनले कांग्रेस नेता टेकराज पौडेललाई सहयोग गर्न पुगेका हुन् ।

कुँवरले बुधबार नेपाली कांग्रेसका उम्मेदवार टेकराज पौडेललाई समर्थन गर्ने घोषणा गरे । बुधबारदेखि उनले आफ्नो उमेदवारी मिडप्याक गरेर कांग्रेसका पौडेललाई साथ दिने घोषणा गरेका हुन् । बुधबार पौडेलले प्रतिवद्धता पत्र सार्वजनिक गर्ने कार्यक्रममा बुर्तिवाङमा पुगेर उनले पौडेललाई नै समर्थन गरेको जानकारी गराएका हुन् ।

तत्कालिन माओवादीमा क्रियाशिल रहेका कुँवर नेकपा बनेपनि प्रलोपामा लागेका थिए । ‘म उम्मेदवार बन्दाभन्दा मिडप्याक गरेर लाग्दा पौडेललाई सहज हुन्छ’ उनले भने, ‘भोलीदेखिनै कांग्रेसमा लागेर मत माग्न जान्छु ।’ उनले आँखा चिन्ह लिएर निर्वाचनमा होमिएका थिए । उनले समानुपातिक मत समेत कांग्रेसमै माग्ने बताए ।

बुधबार पौडेलले भने जिल्लाको पश्चिम क्षेत्र ओगटेको क्षेत्र नं. २ लाई समृद्द बनाउने योजना सहितको प्रतिवद्दता पत्र पनि सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->