शनिबार, असोज २४ २०८३

शनिबार, असोज २४ २०८३
  • २४ असोज २०८३ , शनिबार
  • October 10 2026

सिंहदरबार जलाउने र बचाउन नसक्ने जनताको बीचमा गए : लिङदेन

सिंहदरबार जलाउने र बचाउन नसक्ने जनताको बीचमा गए : लिङदेन


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १४ २०८२, बिहिबार

पोखरा/राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले अहिले देशको परिस्थिति सहज नभएको बताएका छन् । चुनावी प्रचारका क्रममा बुधवार पोखरा आएका उनले देशमा दुई तत्व हाबी हुँदै गइरहेको र तिनीहरूले देशलाई बचाउन नसक्ने बताएका हुन् ।

पोखराको ३ निर्वाचन क्षेत्रका विभिन्न स्थानमा गरिएको कोणसभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष लिङदेनले सरकारले मिति तोकेपछि आफूहरू प्रजातान्त्रिक पार्टी भएको नाताले चुनावमा होमिएको बताए । साथै निर्वाचन पछि राष्ट्रिय सहमति गरेर अघि जानुपर्ने पनि बताए ।

लिङदेनले देशमा सिंहदरबार जलाउने र जलाउँदा बचाउन नसक्ने अतिवादीहरू मतदाताको बीचमा पुगिरहेको आरोप लगाए । ‘देशमा एउटा राष्ट्रिय सहमति नबनाइकन विदेशीहरूको हस्तक्षेपलाई जोगाउन नसकिने र मुलुकमा शान्ति, स्थायित्व कायम गरेर विकासको गति अगाडि बढाउन पनि सकिदैन’, उनले भने, ‘चुनावपछि राष्ट्रिय सहमति निर्माण गर्नै पर्छ ।’ उनले अहिलेको अवस्थामा समन्वय गर्ने, स्थिर शक्ति, सुस्पष्ट विचार भएको पार्टी संसदमा आवश्यक पर्ने र त्यो राप्रपाले मात्र गर्नसक्ने बताए ।

‘जनता बेखुसी छन् । गाउँमा टोलमा जाँदा कुन नेता आयो भन्दैनन्, कुन चोर आयो भन्छन्’, उनले भने, ‘त्यसकारण हामी नेताहरू सुध्रिनुपर्छ । नेताहरूले आत्मआलोचना गरेर सच्चिएर अघि बढ्नुपर्छ । नसच्चिएमा स्थिति ठीक हुनेछैन ।’ अहिलेसम्म भ्रष्टाचारको कुनै पनि दाग नलागेको नेतृत्व राप्रपामा मात्रै रहेको अध्यक्ष लिङदेनको दाबी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->