सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

कास्कीमा ५६ अति संवेदनशील, सेनाले नजिकबाट दिनेछ सुरक्षा

कास्कीमा ५६ अति संवेदनशील, सेनाले नजिकबाट दिनेछ सुरक्षा

कास्कीका ४ उम्मेदवारले बैंक खाताका लागि सिफारिस लगेनन्, २ जनाको खाता खोल्न नमिल्ने


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १७ २०८२, आइतबार

पोखरा/निर्वाचनका लागि कास्कीमा ५६ वटा मतदान केन्द्रलाइ अति संवेदनशील क्षेत्रमा राखिएको छ । ३ निर्वाचन क्षेत्रमा नेपाली सेनाको कम्पनी अपरेशन वेस (सिओबी) खडा गरिएको छ । सेनाको ३ वटा सिओबी अन्तरगत १२ वटा पिओबी (प्लाटुङ अपरेटिभ वेस) राखिएको छ । प्रत्येक निर्वाचन क्षेत्रमा चार वटा पिओबी रहने छ । यस अघिका निर्वाचनमा सेनाको उक्त वेश मतदानकेन्द्रबाट दुरी रहेपनि यसपटक भने नजिक सारिएको छ ।

निर्वाचनलाई लक्षित गर्दै सुरक्षा नीति बनाउनका लागि कास्कीमा अति संवेदनशील ५६, संवेदनशील ५४ र सामान्य ४३ मतदान केन्द्र राखिएको छ ।

कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माले अति संवेदनशील र संवेदनशील मतदान केन्द्रहरुमा सोही अनुसारको सुरक्षा व्यवस्थापन गरिने बताएकी छन् ।

शर्माले निर्वाचनलाई भयरहित बनाउन चारवटै सुरक्षा निकायको एकीकृत परिचालन गरिएको जनाइन् । कास्कीका मतदान स्थललाई सामान्य, संवेदनशील र अति संवेदनशीलमा वर्गीकरण गरी सोहीअनुसार सुरक्षाकर्मी खटाइएको छ । निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा ८ जनालाई नियन्त्रणमा लिएर ३ जनाविरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाइएको र अन्यको हकमा अनुसन्धान भइरहेको उनको भनाई छ । मतदानपछि मतपेटिका सुरक्षित रूपमा मतगणना स्थलसम्म ल्याउन प्रजिअकै नेतृत्वमा विशेष ‘टास्क फोर्स’ बनाइएको छ ।

उनका अनुसार नेपाली सेनाको सिओबी खडा गरेको छ जसअन्तरग नेपाली सेनाको पिओवी रहेको छ । अति संवेदनशीलता, संवेदनशील र सामान्य भनेर छुट्याइएको उनले बताइन् ।

‘यो संख्याहरु हामीले संवेदनशीलता विगतको निर्वाचनहरु, भौगोलिक विकटता र त्यसका पूर्वाधारहरुको सुचकको आधारमा वर्गिकरण गरेको छ । पछिल्लो समयको अवस्थालाई समेत आधार मानेर केही परिमार्जन गरेर सूचि प्रकाशन भइसकेको अवस्था छं’ उनले भनिन्, ‘एउटा निर्वाचन क्षेत्रमा शसस्त्र प्रहरीको सुरक्षा वेश, स्ट्राइकिङ टोली र मोबाइलटोली गरेर खटिएको हुन्छ भने प्रत्येक निर्वाचन क्षेत्रमा करिब करिब२० देखी २२ टोली परिचालन गरिएको हुन्छ ।’

कास्कीका ४ उम्मेदवारले बैंक खाताका लागि सिफारिस लगेनन्, २ जनाको खाता खोल्न नमिल्ने
प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारले निर्वाचनमा हुने खर्चको पारदर्शिताका लागि बैंक खाता खोल्न अनिवार्य गरिएको छ । तर कास्कीमा ४९ उम्मेदवार मध्ये ४ जनाले बैंक खाता खोल्नका लागि सिफारिशै नलगेको प्रदेश निर्वाचन कार्यालय पोखराले जनाएको छ ।

निर्वाचनमा मतदानका लागि ५ दिनमात्रै बाँकी रहँदा कास्कीका ४२ उम्मेदवारहरुले मात्रै आफ्नो नाममा छुट्टै बैंक खाता सञ्चालनमा ल्याएका छन् । खर्चको विवरण देखाउनका लागि ४५ उम्मेदवारले सिफारिस लगे पनि कर्जा सूचना केन्द्रको ‘कालोसूची’ मा परेका कारण २ जना उम्मेदवारको बैंक खाता खुल्न नसकेको कार्यालयले जनाएको छ ।

कास्कीका प्रमुख कोष नियन्त्रक तथा निर्वाचन अनुगमन अधिकृत रमेश अर्यालका अनुसार सिफारिस लगेकामध्ये एक जना उम्मेदवारको नागरिकताको विवरण नमिलेकाले खाता नखुलेको र खुल्ने क्रममा रहेको छ । ४ जना उम्मेदवारले भने आफु संलग्न राजनीतिक पार्टीको खाताबाटै कारोवार गर्ने भन्दै खाता खोल्न नमानेका हुन् । निर्वाचन आचारसंहिताको दफा १६ (ख) अनुसार उम्मेदवारले छुट्टै बैंक खाता खोलेर सोहीमार्फत खर्च गर्नुपर्छ । तर, खाता नखोल्ने उम्मेदवारमाथि के कस्तो कारबाही गर्ने भन्नेबारे निर्वाचन आयोगले स्पष्ट कार्यविधि र निर्णय टुंगो लगाउन बाँकी रहेको अर्यालले जानकारी दिए ।

प्रदेश निर्वाचन कार्यालयले हालसम्म गरेका मुख्य गतिविधिबारे जानकारी दिने उद्देश्यले आयोजना गरेको पत्रकारसंगको अन्तरक्रियाका क्रममा अर्यालले यो जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->