बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

भोट माग्दै बजार सरसफाइ

भोट माग्दै बजार सरसफाइ


  • ढाेरपाटन संवाददाता
  • फाल्गुन १७ २०८२, आइतबार

म्याग्दी/ प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार महाविर पुनको चुनाव प्रचारका लागि आज आइतबार बेनी बजारमा सरसफाइ गरीएको छ । म्याग्दीबाट उम्मेदवार रहेका १२ मध्ये पुन एकमात्र स्वतन्त्र उम्मेदवार हुन् ।

एक भोट त्रिभुजलाई बाँकी सबै अरुलाई भन्ने नारा सहित निस्केको समूहले बेनी बजारको बीरेन्द्रचोकदेखि शुरु गरेर बेनी बजार क्षेत्र सरसफाइ गरेको हो । चुनावचिन्ह अंकित ब्यानर तथा टोपी लगाएका टोली बजार क्षेत्र सरसफाइ गर्दै कुशासन, भ्रष्टाचार, भ्रमको खेती लगायतका विरुद्धमा महाविरलाई मतदान गर्नु पर्ने नारा लगाएका थिए ।

एउटा निर्वाचन क्षेत्र र ६ वटा स्थानीय तहमा ४५ वटा वडा रहेको म्याग्दीमा अन्य एक जना, महिला ४४ हजार ६४ र पुरुष ४२ हजार ३ सय ३२ गरी कुल ८६ हजार ३ सय ९७ मतदाता कायम भएका छन् । रहेका छन् । निर्वाचनका लागि जिल्लामा ८२ वटा मतदानस्थल रहेको म्याग्दीमा २ अस्थायी सहित १ सय २२ मतदान केन्द्र कायम गरिएको छ । एक जना स्वतन्त्र उम्मेदवार सहित १२ जना उम्मेदवारहरु चुनावी मैदानमा रहेका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->