सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

गण्डकीका सबै जिल्लामा निर्वाचन सामग्री पठाइयो

गण्डकीका सबै जिल्लामा निर्वाचन सामग्री पठाइयो

जिल्लाको सदरमुकामबाट धेरै समय लाग्ने मतदान केन्द्रहरूमा आइतबार नै कर्मचारी हिँडिसकेको प्रदेश निर्वाचन कार्यालय गण्डकीका निर्वाचन अधिकृत नारायण ढकालले जानकारी दिएका छन् ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १९ २०८२, मंगलबार

पोखरा/फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि गण्डकी प्रदेशका ११ जिल्लामा नै निर्वाचनका सबै सामग्री पठाइएको छ । प्रदेश निर्वाचन कार्यालय पोखराले गण्डकीका सबै जिल्लामा निर्वाचनसम्बन्धि ५१ प्रकारका सामग्रीहरू सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा पु¥याइसकेको छ ।

जिल्लाको सदरमुकामबाट धेरै समय लाग्ने मतदान केन्द्रहरूमा आइतबार नै कर्मचारी हिँडिसकेको प्रदेश निर्वाचन कार्यालय गण्डकीका निर्वाचन अधिकृत नारायण ढकालले जानकारी दिएका छन् ।

‘५१ प्रकारका निर्वाचन सामग्रीहरू जिल्ला निर्वाचन कार्यालयमा पुगिसकेको छ । धेरै घण्टा लगाएर जानुपर्ने मतदान केन्द्रको हकमा आइतबार नै कर्मचारी त्यसतर्फ हिँडिसक्नु भएको छ । यस हिसाबले गण्डकी प्रदेशको निर्वाचन तयारी पूर्ण रूपले भइसकेको छ’ उनले भने, कास्कीको हकमा रबरम्याट आयोगले वितरण गरेको थिएन, त्यो पनि प्रदेशले नै व्यवस्था गरेर पठाइसकेका छौं ।’

रबर म्याट नहुँदा स्वस्तिक छाप लगाउँदा मतपत्र बिग्रने जोखिम भएकाले प्रदेश आयोगले नै व्यवस्थापन गरेर रबर म्याट वितरण गरेको र अन्य जिल्लाको हकमा सोही जिल्लाले गर्ने र सो सूचना लिन बाँकी रहेको उनले बताए ।

उनका अनुसार सोमबार मतदान केन्द्रमा पुगेर ४ वटा सूचना टाँस्नुपर्ने हुन्छ। मौन अवधि, चार किल्ला तोकिएको, हातहतियार निषेध, मदिरा निषेध गरिएको सूचना टाँस गर्नुपर्ने भएकाले सबै केन्द्रमा सुरक्षाकर्मी र मतदान अधिकृत पुगिसकेका छन् ।

सोमबार कास्की जिल्लाका मतदान सामग्री वितरण गरिएको थियो । उनका अनुसार निर्वाचनको तयारी पूर्ण भएको र मतदानको दिन मात्रै कुरिरहेको छ । सोमबार राती १२ बजेबाट मौन अवधि सुरु भइसकेको छ । मौन अवधि सुरु भएपश्चात् कसैले पनि चुनावी प्रचार प्रसार गर्न पाउँदैनन् ।

गण्डकी प्रदेशमा १८ लाख ७० हजार ६५ मतदाता रहेका छन् । जसमा ९ लाख ५५ हजार २५१ पुरुष, ९ लाख १४ हजार ८०० महिला र १४ जना अन्य मतदाता छन् । प्रदेशभर १ हजार २ सय ९९ मतदान स्थल र २ हजार ३ सय ९६ मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचन सम्पन्न गराउन प्रदेशभर १४ हजार ३ सय ५० कर्मचारी र ७ हजार ६५ जना स्वयंसेवक परिचालन गरिएको छ ।

गण्डकीका १८ निर्वाचन क्षेत्रमा ३० जना स्वतन्त्रसहित २३४ जना उम्मेदवार चुनावी मैदानमा छन् । सबैभन्दा बढी कास्कीमा १८ र सबैभन्दा कम मनाङमा ३ दलले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश भर २१ हजार ६ सय ९३ अस्थायी मतदाता रहेका र उनीहरूका लागि १७ वटा अस्थायी मतदान केन्द्र तोकिएको छ ।

निर्वाचन अधिकारी ढकालका अनुसार मतदानस्थलसम्म पुग्न र सहज रूपमा काम गर्न कर्मचारीलाई गाह्रो नहोस् भनेर ’पोर्टेबल अक्सिजन क्यान’ तथा लेक लाग्ने (अल्टिच्युड सिकनेस) औषधिको व्यवस्था गरिएको छ ।

प्रदेशमा ३ हजार मिटरभन्दा माथि ५४ वटा मतदान केन्द्र छन् । जसमा मुस्ताङमा २४, गोरखामा १५, मनाङमा १४ र म्याग्दीमा एउटा केन्द्र पर्छन् ।

यसैगरी मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको साङ्ता गाउँ (४४ सय मिटरको उचाई क्रस गरेर जानुपर्ने) र मनाङको नार्पाभूमि गाउँपालिकाको ४२ सय मिटरको उचाईमा रहेको नार र फु गाउँमा हिमपातका कारण मतदान केन्द्र सार्नुपर्ने माग रहेकोमा हाल मौसम न्यानो हुँदै गएकाले बाटो खुलाएर सम्बन्धित मतदान केन्द्रमा नै मतदान गर्ने सहमति भएको ढकालले बताए । ‘मतदानका दिन मौसम अनुकूल नै रहने भन्ने छ तर, मौसमको भर गर्न सकिँदैन त्यसका लागि हामीले तत्काल नै निर्णय लिएर काम गर्ने गरी तयारी गरेका छौं’ उनले भने, ‘अहिले न्यायो मौसम भएकाले हिमाली भेगका उच्च क्षेत्रमा समेत मतदान गराउने गरी काम भएको छ ।’ उनका अनुसार हिमाली क्षेत्रमा जाडो छल्न निस्केका मतदाता फर्कने क्रम सुरु भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->