शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङका मतदान केन्द्रमा निर्वाचन सामाग्री पठाइयो

बागलुङका मतदान केन्द्रमा निर्वाचन सामाग्री पठाइयो

जिल्लाका २ अस्थायी मतदान केन्द्र र अन्य स्थायी मतदान केन्द्र गरी २ सय ३२ मतदान केन्द्रका लागि सामाग्री वितरण गरिएको सहायक निर्वाचन अधिकृत पुर्णप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार, अधिकांस केन्द्रको सामाग्री पठाइएको छ भने नजिकका केन्द्रको सामाग्री पठाउने क्रम छ ।


  • ढाेरपाटन संवाददाता
  • फाल्गुन १९ २०८२, मंगलबार

बागलुङ/आसन्न निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचन सामाग्री वितरण भएको छ । सोमबारदेखिनै मतदान अधिकृत र कर्मचारी तथा सुरक्षाकर्मीहरु सामाग्री पाएपछि मतदान केन्द्र हिंडेका छन् ।

निर्वाचन हुने सबै मतदान केन्द्रमा निर्वाचन अधिकृतको कार्यालयले सामाग्री पठाएको छ । सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट क्षेत्र नं. १ मा र निर्वाचन अधिकृतको कार्यालयबाट क्षेत्र नं. २ का सबै मतदान केन्द्रका सामाग्री पठाइएको हो ।

जिल्लाका २ अस्थायी मतदान केन्द्र र अन्य स्थायी मतदान केन्द्र गरी २ सय ३२ मतदान केन्द्रका लागि सामाग्री वितरण गरिएको सहायक निर्वाचन अधिकृत पुर्णप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार, अधिकांस केन्द्रको सामाग्री पठाइएको छ भने नजिकका केन्द्रको सामाग्री पठाउने क्रम छ ।

‘निर्वाचनको लागि आवस्यक सुरक्षा बन्दोबस्त समेत गरेर मतदान केन्द्रमा सामाग्री पठाइएको छ’ उनले भने, ‘निर्वाचन सुरक्षाको टोली पनि केन्द्र पुगिसकेको छ ।’ मतदान अधिकृतहरुसंग मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको ह्वाट्स एप समूह बनाएर नियमित जानकारी लिने व्यवस्थापन समेत गरिएको उनले जानकारी दिए ।

कतिपय मतदान केन्द्रमा भने निर्वाचनका सामाग्री र मतपत्र मंगलबार मात्रै पुग्नेछन् । मतदान अधिकृतहरुले केन्द्रमा पुगेर वरपर मदिरा लगायतको बिक्रीबितरणमा रोक लगाउने सूचना प्रकाशित गरिसकेका छन् । त्यस्तै राजनीतिक दलको प्रचार सामाग्री भए हटाउने जस्ता काममा समन्वय पनि शुरु भैसकेको हो । सोमबार राती १२ बजेबाट निर्वाचनका लागि मौन अबधि शुरु भइ फागुन २१ गते मतदान हुनेछ ।

बागलुङमा ३५ वटा संवेदनशिल मतदान केन्द्र छन् । ती केन्द्रमा सुरक्षा व्यवस्थापन मजबुत बनाइएको छ भने अन्यमा पनि आवस्यक सुरक्षाकर्मी खटिइसकेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए । यो पटक जिल्लामा कुनैपनि घटना नभएको उनले जानकारी दिए । आचारसंहिता पालना, प्रचार प्रसारमा सौहार्दता र दलहरुबीच समेत सम्मानजनक व्यवहार भएको उनले बताए ।

गण्डकी प्रदेश प्रेस रजिष्टार बिमला भण्डारीले पनि पत्रकार महासंघ र मुख्य निर्वाचन अधिकृतसंग छलफल गरेर आचारसंहितामा पत्रकारहरुको साथ र सहयोगबारे जानकारी लिइन् । उनले पत्रकारबाट सत्यतथ्य समाचार संकलनमा निर्वाचनलाई सहयोग पुग्ने, आवतजावत र समाचार संकलनमा निर्वाचनले सहयोग गर्ने गरी समन्वय गरिएको भण्डारीले बताइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->