शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

शान्तिपुर्ण मतदानका लागि सर्वपक्षिय बैठक

शान्तिपुर्ण मतदानका लागि सर्वपक्षिय बैठक


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २० २०८२, बुधबार

बागलुङ/मत पेटिका बोकेर मतदान स्थलमा पुगेका निर्वाचनको टिमले मंगलबार स्थानीय राजनीतिक दलहरुसँग बैठक गरेका छन् । निर्वाचनलाई भयरहित बनाउने, आपसी सौहार्दता कायम गर्ने र सुरक्षा व्यवस्था चुस्त बनाइ निर्वाचन सम्पन्न गर्ने विषयमा ती बैठक भएको मतदान अधिकृतहरुले बताए ।

जिल्लाको दुरीमा सबैभन्दा टाढा रहेको निसी गाउँपालिका वडा नं. ६ को भलकोट मतदान केन्द्रमा पनि सर्वदलीय सर्वपक्षिय बैठक बसेको मतदान अधिकृत कुमार पौडेलले बताए । ‘सबै साथीहरुलाई बोलाएर सौहार्दपुर्ण बैठक बसियो, सबैले शान्तिपुर्ण निर्वाचन सम्पन्न गर्ने भन्नुभयो’ पौडेलले भने, ‘मतदान स्थलको वरपर मदिराजन्य वस्तुको बिक्रीमा पनि रोक लगाइएको छ ।’ मतदानलाई प्रभावित पार्ने खालका केही पनि गतिविधि नगर्नेमा सबै सहमत भएको उनले बताए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत पुर्णप्रसाद उपाध्यायका अनुसार, मंगलबार साँझसम्म सबै मतदान स्थलमा कर्मचारी पुगेर काम थालिसकेका छन् । कतिपय केन्द्रमा त बुध निर्माणको काम समेत शुरु भैसकेको उनले जानकारी दिएका छन् ।

यो पटक बागलुङका २ सय ३२ वटै मतदान केन्द्रमा प्रहरीसहित सेनाको सुरक्षा टोली समेत पुगिसकेको छ । सुरक्षा टोलीका अनुसार, अहिलेसम्म कतैपनि अवान्छित घटनाहरु नभएको समेत बताइएको छ । बिहिबार प्रतिनिधिसभाका लागि निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->