शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

आचारसंहिता विपरितको अभिव्यक्तिपछि मतदान अधिकृत हटाइयो

आचारसंहिता विपरितको अभिव्यक्तिपछि मतदान अधिकृत हटाइयो


  • ढाेरपाटन संवाददाता
  • फाल्गुन २० २०८२, बुधबार

बागलुङ/आचारसंहिता विपरितको गतिविधि गरेपछि मतदानमा खटिएका अधिकृत निलम्बनमा परेका छन् । आचरण बिरुद्दको काम गरेको भन्दै बागलुङ निर्वाचन क्षेत्र नंं २ को कार्यालयले गलकोट नगरपालिका १० को रमुवा मतदान केन्द्रमा खटिएका मतदान अधिकृत प्रकाश गैरेलाई हटाएको हो ।

रमुवास्थित रमुवा आधारभूत बिद्यालय मतदान केन्द्रमा खटिएका गैरेले त्यहाँ पुगेपछि सामाजिक संजालमा आचारसंहिता बिपरितको भाषा लेखेको बताइएको छ । मतदानमा खटिएको कर्मचारीले रोक लगाएको अभिव्यक्ति दिन पाईंदैन । गैरेले निर्वाचन अधिकृतहरुको ह्वाट्एप समूहमा जथाभावी लेखेको निर्वाचन कार्यालयको भनाइ छ । उक्त समूहमा मुख्य निर्वाचन अधिकृतसहित अधिकृतहरु, सबै मतदान अधिकृत र सुरक्षा निकायका प्रमुख छन् ।

निर्वाचनको स्वच्छतामा नै प्रश्न आउने गरी गैरेले अभिव्यक्ति दिएपछि हटाउनु परेको निर्वाचन क्षेत्र नंं २ का अधिकृत भीमप्रसाद सुवेदीले जानकारी दिए । गैरेलाई पत्र पठाएर जिम्मेवारीबाट हटाइएको छ भने उनको स्थानमा अर्का मतदान अधिकृत खटाइएको बताइएको छ । उनले बुझेका निर्वाचन सामाग्री तत्काल सुरक्षा निकायलाई बुझाउन पनि आदेश दिइएको छ । उक्त केन्द्रमा भुवनबहादुर कुँवरलाई मतदान अधिकृतकको रुपमा खटाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->