बागलुङ/जिल्ला कारागार बागलुङमा सतप्रतिशत मत खसेको छ । कारागारको अस्थायी मतदान केन्द्रमा समानुपातिकतर्फ ५३ मत खसेको मतदान अधिकृत धिरेन्द्रराज पन्तले जानकारी दिए ।
कारागारमा रहेका ५१ जना कैदीबन्दी र दुई जना कर्मचारीले मतदान गरेका हुन् । मतदान सम्पन्न भएपछि दलका प्रतिनिधिको रोहबरमा मतपेटिका बुझाउने प्रक्रिया थालिएको पन्तले बताए ।





