शनिबार, असोज २४ २०८३

शनिबार, असोज २४ २०८३
  • २४ असोज २०८३ , शनिबार
  • October 10 2026

बुर्तिवाङमा छतबाट खस्दा बालक गंभीर घाइते

बुर्तिवाङमा छतबाट खस्दा बालक गंभीर घाइते


  • अनिष पाठक
  • फाल्गुन २१ २०८२, बिहिबार

बागलुङ/पश्चिम बागलुङको ढोरपाटन नगरपालिका वडा नं. १ बुर्तिवाङ बजारको शान्ति टोलमा बस्ने २ वर्षिय हेन्सल पुन छतबाट खसेर गंभीर घाइते भएका छन् । दिउँसो २ बजेको समयमा घरको छतमा खेलिरहेका अमृत पुनका छोरा हेन्सल खसेर गंभीर घाइते भएपछि उपचारको लागि पोखराको मणिपाल अस्पतालमा रिफर गरिएको छ ।

ढोरपाटन नगरपालिका वडा नं. ३ पुर्काेट घर भई बुर्तिवाङ बजारमा भाडाको घरमा बस्दै आएका घाइते हेन्सलको अवस्था गंभीर देखिएपछि बुर्तिबाङ जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि सिम्रिक एयरको हेलिकप्टरमार्फत पोखरा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक बसन्तजंग पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->