पोखरा/प्रतिनिधि सभा सद्स्य निर्वाचन २०८२ मा कास्कीमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदानमा कास्कीमा ६० प्रतिशत मत खसेको हो ।
३ लाख ८ हजार ५ सय ७२ मतदाता रहेको कास्कीमा अहिले ६० प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालय गण्डकीका सुचना अधिकारी रुद्रनाथ न्यौपानेले जानकारी दिए । उनका अनुसार, मतदान अधिकृतले मत पेटिका बुझेपछी मात्रै वास्तविक नतिजा आउने र त्यसका लागि केहि समय लाग्ने बताए ।





