पोखरा/ कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले सुरूआती अग्रता लिएका छन्। जारी मतगणना अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपा उम्मेदवार खडकराज पौडेल (गनेस) ले ८६६ मत पाएर अग्रता लिएका छन् भने नेपाली कांग्रेसका तिलक रानाभाट ४७५ मत पाएर दोस्रो स्थानमा छन्। नेकपा एमालेका बैनबहादुर अधिकारी क्षेत्री ३०७ मत पाएर तेस्रो स्थानमा छन्।
यसैगरी क्षेत्र नम्बर २ मा रास्वपाका उत्तम पौडेलले १ हजार ११७ मतका साथ अगाडि छन्। एमालेका रश्मी आचार्य ७३३ मत पाएर दोस्रो र नेपाली कांग्रेसका माधव बास्तोला ३२२ मत पाएर तेस्रो स्थानमा छन्। क्षेत्र नम्बर ३ मा रास्वपाकी बिना गुरुङले ४८२ मत पाएर अग्रता लिएकी छन्। दोस्रो स्थानमा नेपाली कांग्रेसका मनोज गुरूङले २८० मत पाएका छन् भने एमालेका दामोदर पौडेल (बैरागी) ले ११९ मत पाएर तेस्रो स्थानमा छन्।





