बागलुङ/बागलुङ निर्वाचन क्षेत्र नं. १ मा ढिलागरी मतगणना सुरु भएको छ । बागलुङ बजारस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय समेत रहेको जिल्ला समन्वय समितिको सभाहलमा मतगणना शुरु भएको हो ।
बागलुङ नगरपालिका वडा नं. १ र काठेखोला गाउँपालिका वडा नं. १ को मतपेटिकाबाट मतगणना शुरु गरिएको हो । वडा तहको छुट्टाछुट्टै मतगणना गर्ने विषयमा सर्वदलीय, सर्वपक्षीय बैठकमा सहमति जुटेपछि मतगणना सुरु भएको हो ।
बागलुङ १ मा ४९ हजार २ सय ४२ मत खसेको थियो । बागलुङ १ मा नेकपा एमालेबाट हिराबहादुर केसी, नेपाली कांग्रेसबाट भीम श्रीस, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुशिल खड्का, र नेकपा कम्युनिष्ट पार्टी र राष्ट्रिय जनमोर्चाको तर्फबाट जनमोर्चाका कृष्णप्रसाद अधिकारीसहित ११ उम्मेदवार छन् ।





