तस्बिर : छविलाल पाण्डे
बागलुङ/बागलुङ क्षेत्र नं. २ को मतगणना चलिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सोम शर्माले मतान्तर बढाउँदै गएका छन् । २ हजार २२ मतले अग्रता लिइरहँदा शर्मालाई कांग्रेसका टेकराज पौडेलले पछ्याईरहेका छन् । पौडेलले १ हजार ५ सय ८ मत प्राप्त गरेका छन् ।
नेकपाका ज्ञामनाथ गैरे ‘अनिल’ ले ६ सय ७२ मत प्राप्त गर्दा एमालेकी मञ्जु शर्मा चालिसेले १ हजार ३० मत प्राप्त गरेकी छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अञ्चल शाहीले १ सय ३१ मत प्राप्त गर्दै पाँचौ स्थानमा छन् ।
४९ मतदान स्थलको छुट्टाछुटै मतपरिणाम आउने गरी दुई ठाउँमा मतगणना भइरहेको सहायक निर्वाचन अधिकृत ऋषिराम रिजालले जानकारी दिए । ५ हजार ७ सय २७ मत गणना हुँदा २ सय ८० मत बदर भएको छ । ढोरपाटन नगरपालिका वडा नं. २ बुर्तिबाङको कुथाप्लोमा मतगणना भइरहेको छ ।





