बागलुङ/बागलुङ निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुशिल खड्काले दोब्बर मतले सुरुवाती अग्रता लिएका छन् । खड्काले १ हजार १ सय ३८ मत प्राप्त गरेका छन् ।
मतगणनाको प्रारम्भिक नतिजाअनुसा, नेपाली कांग्रेसका उम्मेदवार भीम श्रीसले ५ सय २५, नेकपा एमालेका हिराबहादुर केसीले ३ सय ४६ र नेकपा र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवार कृष्ण प्रसाद शर्मा अधिकारीले ९१ मत प्राप्त गरेका छन् ।
बागलुङ बजारस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय समेत रहेको जिल्ला समन्वय समितिको सभाहलमा बागलुङ नगरपालिका वडा नं. १ र काठेखोला गाउँपालिका वडा नं. १ को मतपेटिकाबाट मतगणना शुरु गरिएको थियो ।
बागलुङ १ मा ४९ हजार २ सय ४२ मत खसेको थियो ।





