सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

कास्की– २ मा रास्वपाका पौडेल लोकप्रिय मतका साथ विजयी

कास्की– २ मा रास्वपाका पौडेल लोकप्रिय मतका साथ विजयी

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रश्मि आचार्यले ७ हजार ४९३ मत ल्याए ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २३ २०८२, शनिबार

पोखरा / कास्की निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उत्तमप्रसाद पौडेल बिजयी भएका छन् । पत्रकारिता पुष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका पौडेल पार्टी सभापति रवि लामिछाने निकटका हुन् ।

विजयी पौडेलले ३१ हजार ९११ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रश्मि आचार्यले ७ हजार ४९३ मत ल्याए । कास्की– २ लाई महत्वपूर्ण र चर्चित क्षेत्रका रुपमा हेरिएको थियो । एमाले नेता रवीन्द्र अधिकारीले ह्याट्रिक गरेको क्षेत्रमा उनको निधनपछि भएको उपनिर्वाचन र २०७९ को निर्वाचनमा एमालेबाट विद्या भट्टराईले लगातार जित हासिल गरेकी थिइन् ।

यसअघि यो क्षेत्रमा रास्वपा दोस्रो र कांग्रेस, माओवादी, एकीकृत माजवादीसहितको गठबन्धनका उम्मेदवार तेस्रो भएका थिए ।आ फ्नो विरासत मान्दै एमालेले यस क्षेत्रलाई बलियो प्रभाव रहेको क्षेत्र मानेको थियो । एमालेको त्यो प्रभावलाई पौडेलले यसपाली तोड्न सफल भएका हुन् ।

यस क्षेत्रमा ५२ हजार ५ सय १९ मत खसेकोमा १ हजार ८४४ मत बदर भएको छ । नेपाली कांग्रेसका माधवप्रसाद बास्तोला तेस्रो हुँदै ६ हजार ५०० मत पाएका छन् । यो क्षेत्रमा राप्रपाका उम्मेदवार हेमजङ गुरुङले १ हजार ६४३ मत प्राप्त गरे । नेपाली कम्युनिष्ट पार्टीका हेमबहादुर थापा पराजुलीले १ हजार २७६ मत पाएका छन् । उज्यालो नेपाल पार्टीका कुशल गुरुङले १ हजार २०१ मत प्राप्त गरेका छन् । अन्य पार्टीले भने झिनो मत प्राप्त गरे ।

एमाले बाट सुरुमा कास्की इन्चार्ज तथा पूर्व सांसद कृष्ण थापालाई टिकट दिने निर्णय गरेको थियो । तर, थापा अलोकप्रिय रहेको भन्दै एमाले नेता कार्यकर्ताबाटै आवाज उठेपछि उनको टिकट खोसेर रश्मिलाई टिकट दिइएको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->