शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङ-१ मा जीतको नजिक पुगे रास्वपाका खड्का

बागलुङ-१ मा जीतको नजिक पुगे रास्वपाका खड्का

हालसम्म गणना गरिएको ३५ हजार ७२७ मतमा रास्वपाका खड्काले कांग्रेसका श्रीसलाई ७ हजार ४२ मतले पछाडि पारेका छन् ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २३ २०८२, शनिबार

बागलुङ / प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा बागलुङ क्षेत्र नम्बर–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशिल खड्का जीतको नजिक पुगेका छन् । उनले नेपाली काँग्रेसका उम्मेदवारसंग फराकिलो मतान्तरसहित अग्रता कायमै राखेका छन् ।

हालसम्म गणना गरिएको ३५ हजार ७२७ मतमा रास्वपाका खड्काले कांग्रेसका श्रीसलाई ७ हजार ४२ मतले पछाडि पारेका छन् । खड्काले १५ हजार २११ मत प्राप्त गरेका छन् । कांग्रेसका श्रीसले ८ हजार १६९ मत प्राप्त गरेका छन ।

नेकपा एमालेका हिरा बहादुर केसीले ७ हजार १८३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङका सहायक निर्वाचन अधिकृत पूर्ण प्रसाद शर्माले जानकारी दिए । राजमोका कृष्ण प्रसाद अधिकारीले ३ हजार ३० मत र राप्रपाका कल्याण विक्रम आचार्यले ३४६ मत प्राप्त गरेका छन् । मतगणना जारी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->