बागलुङ / प्रतिनिधिसभा सदस्य निर्वाचनमा बागलुङ क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसका उम्मेदवार बीच कडा प्रतिस्प्रर्धा भएको छ ।
४१ हजार ४१४ मत गणना गर्दा रास्वपाका सोम शर्माले ११ हजार २६१ मत र कांग्रेसका टेकराज पौडेलले १० हजार ७५१ मत प्राप्त गरेका छन् । उनीहरुको बीचमा जम्मा ५१० मतको अन्तर रहेको छ ।
नेकपाका ज्ञामनाथ गैरेले ९ हजार ३०४ मत प्राप्त गर्दा नेकपा एमालेका मञ्जु शर्मा चालिसे ले ६ हजार ४०८ मत प्राप्त गरेकी छन् ।





