शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

साझा जनआवाजको प्रथम वार्षिकोत्सव

साझा जनआवाजको प्रथम वार्षिकोत्सव


  • ढाेरपाटन संवाददाता
  • फाल्गुन २४ २०८२, आइतबार

बागलुङ/बागलुङबाट संचालन भैरहेको साझा जनआवाज अनलाइन टिभीको प्रथम वार्षिकोत्सव सम्पन्न भएको छ । आइतबार विशेष कार्यक्रममार्फत जिल्लामा क्रियाशिल पत्रकार र टिभीका संचालक तथा कर्मचारीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा सहभागिले पहिलो पटक संचालनमा आएपनि सफलतापुर्वक एक वर्ष समय व्यतित गरेकोमा शुभकामना दिए । नेपाल पत्रकार महासंघ बागलुङकी उपाध्यक्ष सिर्जना पन्तले सानो विज्ञापन बजार भएको स्थानमा संचार माध्यम स्थापना र टिकाउने काम नै चुनौती भएको बताइन् । उनले चुनौतीका बीच व्यवसायिक अनलाइन र टिभीले समाजलाई सही दिशा निर्देश गर्ने बताइन् ।

उनले महिला प्रधान सम्पादक भएको संचार माध्यम पाउनुलाई थप उत्साहको विषय भएको पनि उनले बताइन् । साझा जनआवाज अनलाइन टिभीमा प्रधान सम्पादकको रुपमा पार्वती थापा छिन् । उनले समाचार वाचन समेत गर्दै आएकी छिन् । पछिल्लो समय यो अनलाइन टिभीले व्यवसायिक उचाइ समेत पाउन थालेको छ भने लाइभ, अन्तरवार्ता र समाचार तथा विशेष रिपोर्ट समेत प्रशारण गर्दै आएको छ ।

कार्यक्रममा सहभागिले विज्ञापनको बजार फराकिलो बनाउन पहल गर्नुपर्ने, पत्रकार र कर्मचारी टिकाउने योजना ल्याउनुपर्ने र समाजका हरेक परिघटनामा जोडिनुपर्ने सुझाव दिए । प्रधान सम्पादक पार्वती थापाको अध्यक्षता र स्वागत, प्रबन्ध सम्पादक डम्मर बुढा मगरको संचालनमा सम्पन्न कार्यक्रममा सम्पादक अनिष खातीले एक वर्षको काम र संघर्षबारे जानकारी गराए । कार्यक्रममा जिल्लाका क्रियाशिल पत्रकारहरुले सुझाव दिंदै शुभकामना पनि दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->