सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

पर्वतमा समानुपातिकतर्फ रास्वपाले ३० हजार पाउँदा काँग्रेस एमाले १३ हजारमा सीमित

पर्वतमा समानुपातिकतर्फ रास्वपाले ३० हजार पाउँदा काँग्रेस एमाले १३ हजारमा सीमित

जिल्लामा मुख्य राजनीतिक दलका रूपमा स्थापित भएका तीन ओटै दलका उम्मेदवारले प्रत्यक्षमा पाएको मतको तुलनामा समानुपातिकमा कम हुनुले स्थापित राजनीतिक दलका कार्यकर्ताहरूले आफ्नै दलको कार्यशैली मन नपराएको देखिएको छ ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २५ २०८२, सोमबार

पर्वत/हालै सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको मत परिणाममा समानुपातिकतर्फ पर्वतमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो बनेको छ ।

समानुपातिकतर्फको मतगणना सकिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतले जारी गरेको अन्तिम मत परिणाम अनुसार रास्वपाको घण्टी चुनाव चिन्हमा ३० हजार सात सय ३५ मत प्राप्त भएका छन् । यो सङ्ख्या प्रत्यक्षतर्फ विजयी बनेका रास्वपाका उम्मेदवार सागर भुसालले प्राप्त गरेको भन्दा बढी हो । भुसालले २६ हजार ५ सय ६१ मत प्राप्त गरेका थिए भने समानुपातिकमा त्यो भन्दा ४ हजार १ सय ७१ मत बढी प्राप्त भएको छ ।

दोस्रोमा नेपाली काँग्रेसले १३ हजार ८ सय ७४ मत पाएको छ । प्रत्यक्षतर्फ काँग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीले १५ हजार ९ सय ५४ मत पाएका थिए । प्रत्यक्षमा प्राप्त गरेको मतको तुलनामा समानुपातिकमा कम मत जानुले प्रत्यक्षमा जोशीलाई मतदान गरेका मतदाताहरूले समानुपातिकमा भने रास्वपालाई मतदान गरेको पुष्टि हुन्छ । यस्तै नेकपा (एमाले)ले १३ हजार ३ सय ४० मत समानुपातिकतर्फ प्राप्त गरेको छ । यो पनि काँग्रेसकै जस्तो प्रत्यक्षमा उम्मेदवारलाई प्राप्त भएको भन्दा कम मत हो । प्रत्यक्षमा एमालेका उम्मेदवार पदम गिरीले १५ हजार ७५ मत पाएका थिए ।

यस्तै नेपाली कम्युनिस्ट पार्टीले ३ हजार ७ सय ७८ मत समानुपातिक निर्वाचन प्रणालीबाट प्राप्त गरेको छ । यस दलबाट उम्मेदवार रहेका मनहरि तिमिल्सिनाले प्रत्यक्षमा ४ हजार ५ सय ५७ मत पाएका थिए । उनले व्यक्तिगत रूपमा प्राप्त गरेको मत भन्दा दललाई दिएको मत कम देखिएको छ ।

जिल्लामा मुख्य राजनीतिक दलका रूपमा स्थापित भएका तीन ओटै दलका उम्मेदवारले प्रत्यक्षमा पाएको मतको तुलनामा समानुपातिकमा कम हुनुले स्थापित राजनीतिक दलका कार्यकर्ताहरूले आफ्नै दलको कार्यशैली मन नपराएको देखिएको छ । मतदाताहरूले आफूहरूले मन नफेरेको तर देशमा केही परिवर्तनको आसासहित पुराना राजनीतिक दलहरूलाई सच्चिनुपर्ने दबाब, हरेक क्षेत्रमा हुने दलीय भागबन्डाको विरोध, सरकारी सेवा प्रवाहमा हुने ढिलाइ लगायतका समस्याको समाधानको लागि मत फेरेको बताइरहेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पर्वतमा समानुपातिकतर्फ नेपाली कम्युनिस्ट पार्टीले ३ हजार ७ सय ७८, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार ४ सय ७७, श्रम संस्कृति पार्टीले ५ सय ४१, राष्ट्रिय जनमोर्चाले १ सय २८, नेशनल रिपब्लिक नेपालले १ सय २, नेपाल जनता संरक्षण पार्टीले ८९, मंगल नेशनल अर्गनाइजेशनले ५१, जनमत पार्टीले ४९, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले ४५, सार्वभौम नागरिक पार्टीले ४३ मत पाएका छन् । यसै गरी प्रगतिशिल लोकतान्त्रिक पार्टीले ३३, राष्ट्रिय परिवर्तन पार्टीले ३१, राष्ट्रिय मुक्ति आन्दोलन, नेपालले २९, नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी–लेनिनवादी)ले २४, नेपाल मजदुर किसान पार्टीले २३, आम जनता पार्टीले २१, राष्ट्रिय एकता दलले २०, जनता समाजवादी पार्टी, नेपालले १८, नेपाल जनता पार्टीले १७ मत पाएका छन् । समानुपातिकको सूचिमा रहेका अन्य केही दलहरूले १५ मतभन्दा तल शून्य मतसम्म रहेका छन् ।

कुल मतदाता १ लाख २६ हजार ८ सय ८७ जना रहेको पर्वतमा समानुपातिकतर्फ ६६ हजार २ सय ८७ मत खसेका थिए । खसेकामध्ये ६४ हजार ६ सय ३३ मत सदर भएका छन् भने १ हजार ६ सय ५४ मत बदर भएका छन् ।

प्रत्यक्षतर्फको निर्वाचन परिणाममा राष्ट्रिय प्रजातन्त्र पार्टीका दुर्गाबहादुर मल्लले ५ सय २५, उज्यालो नेपाल पार्टीका यमबहादुर चोचाङ्गी पुनले १ सय २२, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का कृष्णबहादुर बि.क.ले १ सय १८, नेशनल रिपब्लिक नेपालका वीरबहादुर गुरुङले ९८, राष्ट्रिय जनमोर्चाका भिमलाल न्यौपानेले ८७, मंगोल नेशनल अर्गनाइजेशनका लालकुमारी थापा रानाले ४१, राष्ट्रिय जनमुक्ति पार्टीका माया पाइजा पुन फकामी मगरले २९, स्वतन्त्र उम्मेदवार मिना पौडेल (शर्मा)ले ८, सीता देवी शर्माले ८, नेपाल मजदुर किसान पार्टीका ऐलिना सुवालले ७, आम जनता पार्टी (एकल चुनाव चिन्ह)का पवित्रा मल्लले ५, स्वतन्त्र गङ्गालाल रिमालले ५ र सावित्री शर्माले ३ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->