पोखरा/लायन्स क्लब अफ पोखरा हेमजाको लायन वर्ष २०२६÷२७ का लागि नयाँ कार्यसमिति चयन गरिएको छ । पोखरा–२५ हेमजा स्थित ट्रि हाउसमा लायन वर्ष २०२५÷२६ का अध्यक्ष लायन दुर्गाप्रसाद पौडेलको अध्यक्षतामा शनिबार सम्पन्न निर्वाचनबाट सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरिएको हो ।
निर्वाचनबाट क्लबको वर्ष २०२६÷२७ का लागि अध्यक्षमा लायन सुरेश कुमार श्रेष्ठ निर्वाचित भएका छन् । नयाँ कार्यसमिति अनुसार प्रथम उपाध्यक्षमा लायन कृष्णमान श्रेष्ठ, द्वितीय उपाध्यक्षमा लायन गोविन्द दाहाल र तृतीय उपाध्यक्षमा लायन मदन पौडेल चयन भएका छन् ।
त्यस्तै, सचिवमा लायन सूर्यराज पौडेल, कोषाध्यक्षमा लायन बलराम पौडेल, सहसचिवमा लियो लायन विष्णुप्रसाद दाहाल र सह–कोषाध्यक्षमा लियो लायन विकास त्रिपाठी चयन भएका छन् ।
यसै गरी, एडमिनिस्ट्रेटिभ चिफमा लायन प्रकाश पौडेल, स्वास्थ्य निर्देशकमा लायन सुविन श्रेष्ठ, एल.सी.आई.एफ. संयोजकमा लायन हरिश्चन्द्र पौडेल, चेयरपर्सन गभरनर लायन राजेन्द्र बहादुर सापकोटा तथा न्यु क्लब एक्सटेन्सनमा लायन मोती तिम्सिना चयन भएका छन् ।
त्यसैगरी, मेम्बरसिप ग्रोथमा लायन नवराज त्रिपाठी, सर्भिस ग्रोथमा लायन सुजित श्रेष्ठ, फेलोसिपमा विनोद कुमार श्रेष्ठ तथा मार्केटिङ एण्ड कम्युनिकेशनमा लायन धर्मराज भण्डारी चयन भएका छन् ।
यसै गरी, निर्देशकमा लायन सन्तमान श्रेष्ठ, मिडिया कोर्डिनेटरमा लियो लायन निराजन अधिकारी तथा सदस्यहरूमा लियो लायन मनोज त्रिपाठी, लियो लायन कपिल दाहाल, इ. रामजी प्रसाद त्रिपाठी, लियो लायन नवीन त्रिपाठी, लियो लायन दिवस बराल चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले क्लबमार्फत हेमजा क्षेत्रमा सामाजिक सेवा, स्वास्थ्य, शिक्षा तथा सामुदायिक विकासका कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
लायन वर्ष २०२५÷२६ का अध्यक्ष लायन दुर्गाप्रसाद पौडेलले क्लबको नयाँ नेतृत्वमा निर्वाचित सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै हामीले सुरु गरेका सामाजिक सेवा र समुदाय केन्द्रित अभियानलाई अझ सशक्त बनाउँदै अगाडि बढाउनुहुनेछ भन्ने पूर्ण विश्वास लिएको बताए । सबैको सहकार्य र एकताले हाम्रो क्लबलाई अझ उचाइमा पु¥याउनेमा आफू पूर्ण रूपमा विश्वस्त रहेको थप उल्लेख गरे ।





