सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

भगवानले बनाइदिएको डाँडामा किन भ्यूटावर चाहियोः महाविर पुन

भगवानले बनाइदिएको डाँडामा किन भ्यूटावर चाहियोः महाविर पुन


  • अमृत बास्कुने
  • चैत्र ३ २०८२, मंगलबार

म्याग्दी/ हालै निर्वाचित प्रतिनिधि सभा सदस्य महाबिर पुनले भगवानले बनाइदिएका अग्ला डाँडाहरु हुँदा हुँदै भ्यूटावर आवश्यक नहुने बताएका छन् । निर्वाचित भ पछि गाउँघर तथा स्थानीय तहमा भेटघाटका लागि निस्केका पुनले उक्त धारणा राखेका हुन् ।

स्थानीय तहसँग उनीहरुको योजनाको बारेमा जानकारी लिने क्रममा पुनले भगवानले नै बनाइदिएका अग्ला डाँडा हुँदाहुँदै भ्यूटावर आवश्यक नरहेको बताएका हुन् । पुनले भने, ‘तराइको सम्म क्षेत्रमा बरु टावर चाहिन्छ यहाँ पहाडी क्षेत्रमा टावर बेकार छ ।’

त्यस्तै अर्को एक प्रसंगमा गाउँघरमा बनाइने ठुला गेटहरु अनावश्यक रहेको उनको तर्क थियो । गेटबाट छिर्दा रोग निको हुने हैन भन्दै उनले त्यस्ता गेट नचाहिने जनाएका हुन् । अनुसन्धान र नवप्रवर्तनका लागि बिकास बजेटको १ प्रतिशत रकम व्यवस्था गर्न पुनको सबै पालिकाहरुलाई आग्रह थियो । पुनले आफ्नो जिल्लाबाट अनुसन्धान र नवप्रवर्तनका लागि बजेट बिनियोजन गर्न सकेको खण्डमा अन्यत्र पनि भन्न सजिलो हुने भएकाले यहाँ सबैले गरिदिनका लागि आग्रह गरे ।
फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा म्याग्दीबाट बिजयी भएका महाबिर पुन जिल्लाका स्थानीयतहका आगामी आर्थिक वर्षका लागि प्रस्तावित योजनाहरुका बारेमा बुझ्दै हिडेका छन् । म्याग्दीबाट निर्वाचित भएपछि जनतालाई भेट्ने र स्थानीयतहको योजनाका बारेमा थाहा पाउनका लागि जिल्ला दौडाहामा निस्केको उनको भनाई छ ।

शनिबार धवलागिरी गाउँपालिका १ गुर्जा पुगेर मतदाता भेटघाट थालेका पुनले आइतबार धवलागिरी गाउँपालिकाको कार्यालय मुनामा पुगेर योजनाहरुका बारेमा जानकारी लिएका थिए । आइतबारै मालिका गाउँपालिकाको कार्यालय दरवाङमा पुगेर जनप्रतिनिधि तथा सर्वसाधारणहरुका गुनासा तथा योजनाका बारेमा जानकारी लिएका थिए ।

सोमबार मंगला गाउँपालिका बाबियाचौर र बेनी नगरपालिकामा जनप्रतिनिधि तथा प्रशासकसंग जानकारी लिएर पुनले प्रमुख जिल्ला अधिकारीसंग समेत अन्तरक्रिया गरेको महाबिर पुनका सहयोगी चित्र तिलिजाले बताए । पुनले नेपाल पत्रकार महासंघ तथा म्याग्दी उद्योग बाणिज्य संघमा पनि भेटघाट गरेका छन् । चुनावी अभियानमा पुग्न नसकेको धवलागिरी गाउँपालिका १ गुर्जाबाट थालेको अभियान मंगलबार रघुगंगा गाउँपालिका र अन्नपुर्ण गाउँपालिकाको भेटघाट पछि सकिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->