शनिबार, असोज २४ २०८३

शनिबार, असोज २४ २०८३
  • २४ असोज २०८३ , शनिबार
  • October 10 2026

भोलि र पर्सि तीव्र गतिको हावाहुरी चल्नेः उच्च सतर्कता अपनाउन अनुरोध

भोलि र पर्सि तीव्र गतिको हावाहुरी चल्नेः उच्च सतर्कता अपनाउन अनुरोध

विभागका अनुसार झण्डै ३३ मिटर प्रति सेकेण्ड वा करिब ११९ किमि प्रतिघण्टा हुरी चल्ने सम्भावना रहेको छ।

  • ढोरपाटन संवाददाता
  • चैत्र ५ २०८२, बिहिबार

पोखरा / भोलि र पर्सि देशका थोरै ठाउँमा तीव्र गतिको हावाहुरी चल्ने भएकाले सावधानी अपनाउन मौसमविद्ले अनुरोध गरेका छन्।

जल तथा मौसम विज्ञान विभागका अनुसार भोलि (शुक्रबार) दाङ र नेपालगञ्जसहित लुम्बिनी प्रदेशका तराई क्षेत्र आसपासका जिल्लाहरूमा हावाहुरी चल्ने देखिएको छ।

यस्तै पर्सि शनिबार पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लाहरूमा तीव्र हावाहुरी चल्ने देखिएको विभागले जनाएको छ।

विभागका अनुसार झण्डै ३३ मिटर प्रति सेकेण्ड वा करिब ११९ किमि प्रतिघण्टा हुरी चल्ने सम्भावना रहेको छ।

तीव्र गतिको हुरी चल्ने भएकाले रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत तथा सञ्चार सेवा प्रभावित हुने जोखिम रहेकाले यात्रा वा हिँडडुल गर्दा सावधानी अपनाउन मौसमविद्ले अनुरोध गरेका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->